नर्सको आन्दोलन थपिदै



Download our app to get more features

काठमाण्डौं, ३० पुस । ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रेका नर्सहरुले देशका विभिन्न ठाउँमा अस्पतालमा आजपनि १ घन्टा काम ठप्प पारेका छन् । 

उनिहरुले बिहान १० बजेदेखि ११ बजेसम्म एक घन्टा अस्पतालमा कुनै पनि काम नगर्ने पुरानै कार्यशैलीलाई निरन्तर्ता दिएका छन । नर्सको हकहितका लागि भन्दै नर्सिङ संघको अगुवाइमा देशभर आन्दोलन भईरहेको छ । 

सरकारले मागको सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । देशभरी ७४ हजार नर्स रहेका छन् । सरकारीमा १२ हजारको संख्यामा कार्यरत छन् भने नीजिमा करिब १३ हजारको संख्यामा गरी जम्मा २५ हजार नर्स नेपालमा कार्यरत रहेका छन् । बाँकी नर्स विदेश पलायन भएको अनुमान नेपाल नर्सिङ संघले गरेको छ ।

अवको आन्दोलन यस्तो
१, २ र ३ माघमा (बिहान १० देखि दिउँसो १ बजेसम्म) कुनै काम नगर्ने, ४, ५ र ६ माघमा (बिहान ८ देखि दिउँसो ४ बजेसम्म) कुनै पनि काम नगर्ने र सो अवधिमा समेत माग पूरा नभए ७ माघदेखि अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम संघले सार्वजनिक गरेको छ ।

Last modified on 2018-01-17 14:29:11

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts