एकजना नर्सको बिषयलाई लिएर सेवा बन्द गर्नु उचित होइन : स्वास्थ्यमन्त्री बोहरा

नर्सको माग सुनुवाई नभएसम्म आन्दोलन जारी : नर्सिङ संघ

What's This?


Download our app to get more features

काठमाडौं, ३० पुष । स्वास्थ्यमन्त्री दीपक बोहराले एकजना नर्सको विषयलाई लिएर देशैभर नर्सिङ सेवा बन्द नगर्न नेपाल नर्सिङ संघलाई आग्रह गरेका छन् ।  

एकजना नर्सको बिषयलाई लिएर नर्सिङ संघले देशैभर नर्सिङ सेवा ठप्प बनाएको भन्दै स्वास्थ्य मन्त्री बोहराले नर्सहरुको आन्दोलन व्यक्ति केन्द्रित नभई नर्सहरुको साझा समस्यामा केन्द्रित हुनुपर्ने बताएका छन् । स्वास्थ्यमन्त्री बोहराले आइतवार हाम्रो डक्टरसँग कुरा गर्दै भने 'एकजना नर्सको बिषयलाई लिएर देशैभर नर्सिङ सेवा बन्द गर्नु उचित होइन । नर्सहरुको साझा समस्याका बारेमा छलफल गर्न सकिन्छ ।' 

राष्ट्रिय नर्सिङ र मिड्वाइफ्री नीति स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको भन्दै स्वास्थ्यमन्त्री बोहराले नर्सहरुको समस्याको बिषयमा स्वास्थ्य मन्त्रालय सँधै सकारात्मक रहेको बताए । सरकारी अस्पतालका नर्स र निजी क्षेत्रमा काम गर्ने नर्सको तलब समान हुनुपर्ने लगायत हरेक सरकारी अस्पतालमा एक जना नर्स नियुक्त गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्री बोहराले जानकारी दिए । 

 नर्सिङ संघको आन्दोलनविरुद्ध अर्को आन्दोलन
भक्तपुर २ का नवनिर्वाचित सांसद महेश बस्नेतले नर्सिङ संघको आन्दोलन मानवअंग प्रत्यारोपण केन्द्रलाई सखाप पार्न खोजेको भन्दै त्यसविरुद्ध उत्रने चेतावनी दिएका थिए । 
नर्सिङ संघको आन्दोलन फिर्ता नलिए मानव अंग प्रत्यारोपण केन्द्र बचाउ अभियान थाल्ने बताएका थिए । 

सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी :नर्सिङ संघ
सरकारले नर्सहरुको माग सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताएकी छिन् । मानवअंग प्रत्यारोपण केन्द्रमा निलम्बन भएका कर्मचारीलाई बिनाशर्त पुर्नबहाली लगायत ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ आन्दोलनरत छ । 

नर्सिङ संघले गर्यो थप आन्दोलनको घोषणा
नेपाल नर्सिङ संघले पुष २६ गतेदेखि पुष ३० गतेसम्म आन्दोलनको कार्यक्रम गरेको थियो भने आइतवारे थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माघ १, २, ३ गते बिहान १० देखि दिउसो १ बजेसम्म कुनैपनि काम नगर्ने माघ ४, ५, ६ गते बिहान ८ देखि दिउसो ४ बजेसम्म कुनैपनि काम नगर्ने घोषणा गरेको छ । 

सो अवधिमा समेत माग पूरा नभए माघ ७ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम रहेको नर्सिङ संघले जनाएको छ । 

Last modified on 2018-01-15 08:22:20

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

6 Comments

  1. पिडित नर्स हरू थुप्रै हुनुहुन्छ तर सुरुवात एक जना बाट भएको हाेे। याे समस्य केबल एक जना काे हाेईन। स्वास्थ्यमन्त्री जि, खै कुरा बुझ्नु भएको ????? परिपक्वता काे कमि हाे कि???

  2. Yesto khate matri bhaye paxi kailey desh ko unnati huney ho,yo matri ma sanga betos na ma yesko 12 bazauney tiye

  3. Yauta nurse ko matra kura hoina yo...Nurse haru vana ko khaulano ho ra..Use nd throw...Hosp ko admin la j gara ne tyo chi tik..Yauta sufferer nurse la afno right ko lagi fight garda she is wrong. .Yak jana la vana ko kura kasla sunayo..Unity is power so all nurses r with her...Suffer need justice...Health minister vaya ra yesto kura garna does it sound gud..Health minister vaya ra health service provide garna haru ko problm nabujna manchha li how can u Call a health minister..

  4. Mantri jyu, yo ekjana nurseko barema nabhayi sampurna nurse ra nursing professionko atmasammanko bishaya ho bhanera bujnu paryo....kaile samma nursele shoshan sahne ra chup lagera basne?

  5. Haina mero comment haru le #mahesh basnet jee ko vram ko kheti lai hani garexa ki k ho .... mero comment haru taw jara dekhi nai ukheleko xa taw ✊🏿✊🏿✊🏿✊🏿✊🏿

  6. आज एक जना नर्स लाई गर्छ आवाज उठाएन भने भोली अर्को लाई... कोही आवाज उठाउदै छ भने त्यो सही हो... यहाँ अरु थुप्रै नर्स छन जो दबिएका छन् र बाध्य भएका छन् बेरोजगार बस्न तर बिरामी लाई कुनै असर नपुगोस् यस आन्दोलन ले किन की दोस्रो आमा नर्स हुन बन्द हड़ताल को विकल्प खोज्ने पो हो कि संबंधित निकाय लाई दबाव दिन??? म समर्थन गर्छु जुन नर्स को हक हित को लागी आवाज उठेको मा जय नेपाल


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts