जुडो खेलाडी रमेशको दोस्रो पटक घुँडाको शल्यक्रिया



Download our app to get more features

काठमाडौं,१ माघ । घुँडाको चोटको उपचारका लागी काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर आइतबार डिस्चार्ज भएका छन् ।

ग्राण्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे र टिमले उनको बाँया घुँडाको सफल शल्यक्रिया गरेको हो । 

घर फर्किनुअघि खेलाडी रमेशले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागी भएर राम्रो नजिता निकाल्ने उद्देश्यसहित घुँडाको शल्यक्रिया गरेको बताए ।  

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद( सागको उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए ।

त्यतिबेला पनि रमेशको घुँडाको शल्यक्रिया गरिएको थियो । घुँडाको चोट फेरी बल्झिएछि केही दिन अगाडि उनी अस्पताल भर्ना भएका थिए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts