आज तेस्रो राष्ट्रिय योग दिवस



Download our app to get more features

काठमाडौं,१ माघ । 'सबैका लागि योग, सधैँका लागि योग' भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय योग दिवस योग सम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

शिक्षा मन्त्रालयको संयोजकत्वमा योगसँग सम्बन्धित विभिन्न संस्थाहरुको सहभागितामा आज विहान काठमाडौंमा प्रभातफेरी गरिएको छ । 

बिहान ७ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको प्रभातफेरी शहीदगेट, नयाँसडक, इन्द्रचोक, असन भोटाहिटीहुदै शान्तिबाटिकामा आएर सम्पन्न भएको छ ।

प्रभातफेरीको शुभारम्भ गर्दै शिक्षा मन्त्रालयका सचिव मुधप्रसाद रेग्मीले समुन्नत राष्ट्र निर्माणका लागि योग आवश्यक रहेको बताए । 

सचिव रेग्मीले योग र आयुर्वेदलाई विद्यालय तहदेखिनै पठन पाठन गराउने व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । 

प्रभातफेरीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतंजलि योग समिति नेपाल, योग तथा प्राकृतिक चिकित्सा पूर्व विद्यार्थि परिषद, जीवन विज्ञान, यौगिक समाज नेपाललगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।

आजै योग तथा प्राकृतिक चिकित्सक संघले रत्नपार्कको शान्तिवाटिकामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
 

Last modified on 2018-01-17 14:28:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts