नर्सको आन्दोलन कडा हुँदै, आजदेखि ३ घण्टा ड्युटी छाड्ने

What's This?


Download our app to get more features

काठमाडौं, १ माघ । अस्पतालमा कार्यरत नर्सहरुले सोमबार बिहान ३ घण्टा ड्युटी छाडेका छन् ।  

नेपाल नर्सिङ संघको आव्हानमा अधिकांश अस्पतालमा कार्यरत नर्सहरुले सोमबार बिहान १० देखि १ बजेसम्मको लागि ड्युटी छाडेर सेवा रोकेका छन् । आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नर्सिङ संघले आइतवार आन्दोलनको थप कार्यक्रम घोषणा गरेको थियो ।

मानवअंग प्रत्यारोपण केन्द्रले निष्कासन गरेका कर्मचारीलाई पुर्नबहाली लगायतका ११ बुँदे माग राखी नर्सिङ संघ पुष २६ गतेदेखि आन्दोलनरत छ ।

अवको आन्दोलन यस्तो

१, २ र ३ माघमा (बिहान १० देखि दिउँसो १ बजेसम्म) कुनै काम नगर्ने,

४, ५ र ६ माघमा (बिहान ८ देखि दिउँसो ४ बजेसम्म) कुनै पनि काम नगर्ने

 सो अवधिमा समेत माग पूरा नभए ७ माघदेखि अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम संघले सार्वजनिक गरेको छ ।

Last modified on 2018-01-16 07:42:46

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts