पालकको जुसका फाइदा



Download our app to get more features

पालकमा शारीरिक विकासको लागि आवश्यक सबै पोषक तत्व पाइन्छ ।

मिनरल्स, भिटामिन र केही अरु पोषण पनि पाइन्छ । यसको अलवा आइरन, क्याल्सियम, पोटासियम, सोडियम, फस्फोरस र आवश्यक मात्रामा एसिड पनि पाइन्छ । 
कतिपय मानिस पालकको सब्जी बनाएर वा पराठाको रुपमा खान मन पराउँछन् । तर पालकबाट अपेक्षित फाइदा लिनु छ भने यसको जुस बनाएर पिउनु राम्रो मानिन्छ । 

पालकको जुसका फाइदा
—पाचन प्रक्रियालाई राम्रो बनाइ राख्न पालकको जुस पिउनु फाइदाजनक हुन्छ । यसले शरीरको बिषाक्त पदार्थलाई बाहिर निकाल्छ । यस बाहेक कब्जियतको समस्या भएकालाई पनि पालकको जुसले फाइदा पुर्याउँछ । 
–छालासँग सम्बन्धित समस्या भए पालकको जुस पिउनु फाइदाजनक हुन्छ । यसबाहेक कपाल छर्नेसमस्यालाई पनि पालकको जुसले रोक्न मद्दत गर्छ । 
—गर्भवतीको लागि पनि पालकको जुस पिउने चिकित्सकहरूले सल्लाह दिने गर्छन । पालकको जुस पिउनाले गर्भवती महिलाको शरीरमा आइरनको कमी हुँदैन् । 
—पालकमा भिटामिनको मात्रा राम्रो हुने भएकोले हड्डी मजबुद हुन्छ । 


 

Last modified on 2018-01-16 10:37:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts