विपन्न नागरिक औषधि उपचार सहायता रकममा सरकार नै पक्षपाति

विपन्न नागरिकका पक्षमा गरिएको निर्णय मन्त्रालयबाटै हरायो



Download our app to get more features

काठमाडौं, ३ माघ । सरकारले विपन्न नागरिक औषधि उपचार सहायता रकममा पक्षपात गरेको खुल्न आएको छ ।

धनिलाई १२ तथा गरिवलाई ८ रोगमा विपन्न नागरिक औषधि उपचार सहायता रकम दिएर पक्षपात गरेको पाइएको हो । 

स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार विपन्न नागरिकलाई पनि ‘कडा’ १२ रोगमा औषधि उपचार सहायता रकम दिने भनि गरेको निर्णय मन्त्रालयमा हराएको छ ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको कार्यकालमा विपन्न नागरिकलाई पनि १२ वटा रोगमा उपचार सहायता दिने विषयमा व्यवस्थापन महाशाखाले टिप्पणी उठाएर स्वास्थ्य मन्त्रालय मातहत पठाएको थियो । 

महाशाखाका निर्देशक डा.भिमसिंह तिङकरीका अनुसार एकै पटक विपन्न नागरिक र राष्ट्रिय जीवनमा योगदान पुर्याएका बिशिष्ट व्यक्तिहरुका लागि १२ रोगमा सहायता दिने भन्दै आवश्यक टिप्पणी मन्त्रालय पठाइएको थियो । तर सरकारले भने गरिव तथा विपन्न वर्गका नागरिकलाई छाडेर धनि अर्थात बिशिष्टलाई मात्रै दिने हिसावले १२ रोगमा उपचार सहायता दिने भन्दै २०७३ कात्र्तिक २३ गते मन्त्रि परिषद्ले निर्णय गरेको थियो । 
 
विपन्नलाई दिने पैसा भएन 

स्वास्थ्य मन्त्रालयले धनिलाई १२ र गरिवलाई ८ रोगमा सहायता रकम दिने भनेर पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पालमा फायल उठेको स्वीकार गरेको छ । मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले भने, ‘फायल हराएको हैन । हामीले क्याविनेटमा लैजाने बेला पटक पटक अर्थमा ताकेता गरेका हौं । तर, विपन्नलाई दिन आर्थिक रकम नपुग्ने भएपछि फायल अगाडी नबढेको हो ।’ एकै पटक पठाएको फायलमा विपन्नको क्याविनेटबाट पास नहुदा व्यवस्थापन महाशाखा नै अन्यौलमा परेको छ । 

निर्देशक तिङ्करीले भने एकैपटक पास हुर्नु पर्ने थियो तर, विपन्नको छोडेर राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुको स्वास्थ्य उपचारमा मात्रै निर्णय भएको छ । सरकारले गरेको यस्तो निर्णयको सरकारी तवरबाटै विरोध हुन थालेको छ । 
पैसा हुनेले राज्यबाट थप आर्थिक सहायता लिएर सेवा पाएका छन् भने गरिव विपन्न नागरिकले उपचार सेवा पाउने आफ्नो नैसर्गिक अधिकार बाट समेत बन्चित भएका छन् । 
उपसचिव लामिछानेका अनुसार स्वास्थ्य मन्त्रालयले एक लाख दिदै आएको उपचार सहायता रकमलाई बृद्धि गरी दुई लाख पुर्याउने निर्णयमा अर्थ मन्त्रालय तगारो बन्दा विपन्नले १२ रोगमा सहायता नपाएका हुन । स्वास्थ्य मन्त्रालयले पुन छलफल गरेर विपन्न नागरिकलाई पनि १२ रोगमा औषधि उपचार सहायता रकम दिने स्पष्ट पारे ।
 
विपन्नलाई मृगौको उपचारमा मात्रै सहजता 
बिशिष्ट व्यक्तिले १५ लाख सम्म औषधि उपचार सहायता रकम पाउँछन् भने, विपन्न वर्गका नागरिकले १ लाख सम्म सहायता रकम पाउने छन् । व्यवस्थापन महाशाखाका निर्देशक तिंकरीका अनुसार मृगौलाका बिरामीको हकमा भने सरकारले आजीवन डायलाईसिसको व्यवस्था गरेको छ । त्यस्तै मृगौला प्रत्यारोपण गरेको खण्डमा ४ लाख रुपैयाँ अस्पताललाई दिने गरेको छ । ५० हजार रुपैयाँ स्वास्थ्य जाँच गर्दाै दिईन्छ तिंकरीले भने, ‘विपन्न वर्गका नागरिकले मृगौलाको प्रत्यारोपण गराएको खण्डमा मात्रै ५ लाख ५० हजारको स्वास्थ्य सेवा पाउँने छन् । अन्यथा ८ रोगमा १ लाख भन्दा विपन्नलाई दिने निर्णय भएको छैन ।’ 

गरिबले आर्थिक सहायता पाउँने ८ रोग
मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया । 

यस्तो छ धनिले आर्थिक सहायता पाउँने १२ रोग
मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया र थप कडा रोगहरुमा थालासेमिया, एप्लाष्टिक एनेमिया, कलेजो र मस्तिस्कघात रहेका छन् ।  

‘कडा’ १२ रोगमा सहायता पाउने यस्ता व्यक्ति
वर्तमान राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, वर्तमान तथा पूर्वसभामुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं वर्तमान तथा पूर्व पदाधिकारीहरू रहेका छन्  । 
 

Last modified on 2018-01-17 14:24:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts