वार्ता टोलीका सदस्य भन्छन् ‘थाहै नदिइ राखेछन्’

What's This?


Download our app to get more features

काठमाडौं, ३ माघ । सरकारले आन्दोलनरत नर्सका माग सम्बोधन गर्न वार्ता टोली गठन गरे पनि वार्ता टोलीकै एक सदस्यले भने जानकारी नै नभएको बताएका छन् । 

नर्सहरूले आन्दोलनलाई थप कडा बनाउँदै लगेपछि सरकारले बुधबार चार सदस्यीय वर्ता टोली गठन गरेको छ । तर, वार्ता टोलीका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले भने जानकारी नै नभएको बताएका छन् ।

वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् ।

सरकारले वार्ता टोली गठन गरेको बताए पनि नर्सिङ संघले भने टोली गठनका लागि छलफल जारी रहेको जनाएको छ । संघकी महासचिव लक्ष्मी केसीका अनुसार वार्ता टोली गठनको प्रक्रिया जारी छ ।
 

Last modified on 2018-01-18 09:03:11

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts