नर्सका मागमा यस्तो छ सरकारको जवाफ



Download our app to get more features

काठमाडौं, ४ माघ । नर्सहरुले गरेको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावीत भएको भन्दै विरामी र विरामीका आफन्तले मन्त्रालयमा पत्र पठाउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमूख विशेषज्ञ डा. विनोदमान श्रेष्ठका अनुसार बुधवार मात्रै ५ वटा बढी पत्र मन्त्रालयको नाममा आएको छ ।

पत्रमा लेखिएको छ, नर्सहरुको आन्दोलनले हामी स्वास्थ्य सेवाबाट बन्चित भएका छौं । उनिहरुको माग तत्काल सम्बोधन गरी काममा फर्काईयोस । पत्र मात्रै नभएर मन्त्रालयमा दैनिक १० देखि १५ वटा फोन बिरामीका आफन्तको आउने गरेको छ । 

नर्सका मागमा सरकारको जवाफ     

माग
नागरिकलाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको नर्स बिरामी अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
जवाफ
यो माग जायज छ । नेपालमा २० वर्ष पुरानो नर्सिङ दबन्र्दी निरन्तर छ । हिजोको जनसंख्यामा त्यस बेलाको नर्सको संख्या ठिक थियो । तर, आज जनसंख्या बढेको छ । त्यसैले नर्सले उठाएको यो मागलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

माग
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई विनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
जवाफ
यो विषय निकै गहन छ । यसमा कानुनी राय सुझाव लिएर मात्रै सरकार अगाडी बढ्छ । एउटा व्यक्तिलाई पुनर्बहाली गर्दै गर्दा यसको विउ अन्त पनि रोपिन सक्छ । 

माग
अधिकारसम्पन्न नर्सिङ सेवा महाशाखाको पुनस्र्थापना गरियोस् ।
जवाफ
हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । अहिले प्रादेशीक सरकारमा गएका कारण यसलाई कसरी लैजाने भनेर छलफल गरिरहेका छौं । 

माग
सरकारी नर्ससरह निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि न्यूनतम तलबभत्ताको व्यवस्था गरियोस् ।
जवाफ
यो माग ठिकछ । नर्सहरुले भने अनुसार गर्नै पर्ने पक्षमा म लागेको छु । तर, अब बार्ता टोलीका सदस्यहरुलाई के लाग्छ । 

माग
नर्सिङ क्षेत्रमा पनि श्रम ऐन लागू गरियोस् ।
जवाफ
यो माग जायज हो । तर, श्रम ऐन नहेरी यस विषयमा निर्णय लिन सकीदैन । 

माग
सरकारी नीतिअनुसार स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवाको व्यवस्था गरियोस् ।
जवाफ
उहाँहरुले भन्नु भन्दा अघिनै यस विषयमा नर्सिङ शाखाले काम गरिरहेको छ । यस विषयमा काम गर्न नर्सिङ शाखालाई जिम्मा दिएको छ ।

माग
भोलेन्टियरका नाममा भइरहेको नर्सको श्रम शोषण अविलम्ब बन्द गरियोस् ।
जवाफ
नर्सिङ सेवा भित्र भोलेन्टीयर हुन किन बाध्य भयो ? हाम्रो नियम फरक छ । भोलेन्टीयर गरेको मात्रै जागीर पाईने भनिएको छ । यता हामी भोलेन्टीयर नराख भन्छौं । नियमावली मै बाझिएको हुदा यसलाई संशोधनको आवश्यक छ । 

माग
सरकारीसरह निजी क्षेत्रमा कार्यरत नर्सलाई पोसाक तथा रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ताको व्यवस्था गरियोस् ।
जवाफ
यो मागका विषयमा मन्त्रालय सकारात्मक छ । कसरी अगाडी बढाउने सोच्छौं । 

माग
दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
जवाफ
हामी सकारात्मक छौं । 

माग
योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासको व्यवस्था गरियोस् ।
जवाफ
स्वास्थ्य सेवा ऐनले के भनेको छ, त्यसलाई हेरेर नियम अनुसार अगाडी बढ्छौं ।

माग
योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी बिदाको व्यवस्था गरियोस् । 
जवाफ
छलफल गरेर टुङ्गोमा पुग्छौं । 
 

Last modified on 2018-01-18 13:23:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts