यसकारण जाडोमा बढी हुन्छ हृदयघात

(भिडियोसहित)



Download our app to get more features

विस्तारै अव जाडोको मौसम सुरु हुन थालेको छ । जाडो मौसम सुरु हुनासाथ विभिन्न प्रकारका स्वास्थ्य समस्याले सताउन थाल्छ । तीनै स्वास्थ्य समस्या मध्येको एक हो हृदयघात । 

केही वर्षयता नेपालमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । युवा अवस्था मै मुटुरोगका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य भएपछि चिकित्सा विज्ञामा चिन्ताको विषय बनेको छ । 

व्यस्त जीवनशैली, तनाव, बढी तौल, उच्च रक्तचापका कारण हृदयघातका बिरामी बढ्दै गएको चिकित्सको भनाइ छ । चिसोको समयमा अझ हृदयघातको जोखिम बढ्ने बताउँछन मुटुरोग बिशेषज्ञ डाक्टर सुनिल झा । चिसोयाममा किन हृदयघात बढी हुन्छ भन्ने बारे डा. झाको भनाइ यस्तो :-
पहिले पहिले हदयघात बुढ्यौली लाग्दै गएपछि मात्रै हुन्छ भन्ने मानसिकता थियो । तर, पछिल्लो समय युवामा पनि हृदयघातको जोखिम देखिएको छ । 

चिसोका कारण शरीरका नसाहरू खुम्चने सम्भावना बढी हुन्छ । नसा खुम्चियो भने मुटुमा सन्तुलित रुपमा रगत पुग्दैन् । यसर्थ, मुटुमा आवश्यक रगतको कमी हुन्छ र मुटुमा समस्या आउँछ । मुटुको नसामा नै गडबढी भयो भयो भने मानिसको तुरुन्त मृत्यु हुन्छ । जसलाई आस्मिक हृदयघात भनिन्छ । 

लक्षण :

हुन त हृदयघात एक्कासी देखिने समस्या हो । अधिकांश मानिसले लक्षण नै थाहा पाउदैन्न् । तर, उकालो हिड्दा, भर्याङ चढ्दा स्वाँ स्वाँ धेरै भए हृदयघातको सम्भावना हुन्छ । यसबाहेक निम्न समस्या देखिन सक्छ । 

  • श्वास फेर्न असजिलो हुने ।
  • पसिना बढी आउने ।
  • छातीको बीच भागमा दुख्ने ।
  • शरीर आलास्य हुने ।
  • खाना मन नलाग्ने ।
  • वान्ता हुने ।

सावधानी :

  • शरीरलाई न्यायो राख्ने ।  
  • सक्रिय जीवनशैली अपनाउने ।
  • तनाव कम गर्ने । 
  • नियमित शारीरिक व्यायम गर्ने ।
  • स्वास्थ खानपानमा ध्यान दिने ।
  • चिसोमा बिहानको समयमा मर्निङ वाक गर्नु भन्दा साँझपख गर्नु राम्रो हुन्छ । (धेरैलाई हृदयघात बिहानको समयमा हुने गरेको छ । कारण बिहानको मसयमा स्नायु प्रणालीलाई सक्रिय बनाउने हर्मोन बढी हुन्छ । यस्तो अवस्थामा सन्तुलित हर्मोन प्रवाह हुन सकेन भने हृदयघात हुनसक्छ ।) 
  • तौल तथा उच्च रक्तचाप नियन्त्रणमा राख्ने । 
  • धुम्रपान र मध्यपान नगर्ने ।
  • नियमित स्वास्थ परीक्षण गर्ने ।
  • मुटृु सम्बन्धी कुनै पनि समस्या भए चिकित्सकले भने बमोजिम औषधि सेवन गर्ने । 
  • धेरैको बुझाई छ की हृदयघात भयो भने उपचार गराए पनि मृत्यु हुन्छ । तर, त्यसो होइन् । हृदयघात हुने बितिकै वा जति सक्दो छिटो अस्पताल पुर्याए बिरामीको अवस्था हेरी आवश्यक उपचार पद्धति अवलम्बन गरेर हृदयघात भएकालाई बचाउँन सकिन्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-11-02 12:44:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts