नर्सिङ संघ र सरकारको वार्ता जारी



Download our app to get more features

काठमाडौं, ४ माघ । आन्दोलनरत नेपाल नर्सिङ संघ र सरकार बीच वार्ता जारी छ । 

सरकारले ९ दिनदेखि आन्दोलनमा रहेको नर्सिङ संघसँग बिहीवार बिहान वार्तामा बसेको हो ।

मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्कासन भएका नर्सहरुको पुर्नबहालीसहित विभिन्न ११ सुत्रीय मागराखी नर्सिङ संघ आन्दोलनरत छ । 

आन्दोलनरत नर्सहरु सेवा नै ठप्प गरी आन्दोलनमा उत्रेपछि सरकारले सरकारले बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । नर्सको आन्दोलनका कारण अस्पतालमा उपचारबाट बञ्चित रहेको भन्दै बिरामीहरुले स्वास्थ्य मन्त्रालयमा गुनासो बढेपछि सरकारले वार्ता कमिटीमार्फत समस्या समाधान खोजेको छ ।  

सरकारद्वारा गठित वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य रहेका छन् ।  नर्सिङ संघको तर्फबाट कार्यबाहक अध्यक्ष गंगा थापा, महासचिव लक्ष्मी केसी सहित सदस्य रहेका छन् । 

Last modified on 2018-01-18 17:34:30

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts