ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु



Download our app to get more features

रामपुर (पाल्पा), ४ माघ । जिल्लाको पूर्वखोला गाउँपालिकाले प्रत्येक वडावडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ । 

बुढेसकाल लागेपछि विभिन्न खाले रोगले सताउने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले स्वास्थ्य परीक्षण कार्य अघि बढाएको हो । रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य, विरकोट स्वास्थ्य चौकी प्रमुख मोहन ढकालले ३८ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए । वडा नं ३ का वडाध्यक्ष निलकण्ठ भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले वृद्ध नागरिकलाई बुढेसकालमा धेरै हेरचाहको आवश्यकता पर्ने महसुस गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । 

वडा नं १ को अल्कीचौर–३ को अर्खलडाँडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा दाँत, घाउ खटिरा, कान तथा विभिन्न खाले समस्या भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts