त्रिवि शिक्षण अस्पताललाई १० करोड दिने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, ४ माघ । सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुधारका लागि १० करोड दिने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सो बैठकले डा. गोविन्द केसीसँग भएको पाँच बुँदे सहमतिको अनुमोदन र कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा सञ्चारमन्त्री मोहन बस्नेतले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को डीनमा जेपी अग्रवाललाई नै निरन्तरतालाई दिन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए । यसका साथै लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा सिफारिस समित समेत गठन गरेको छ । समितिमा डा. दिब्या साह र मन्त्रिपरिषद्का शिक्षा हेर्ने सचिव खगराज बराल छन् ।

Last modified on 2018-01-20 08:39:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts