डा. अग्रवाललाई डिनबाट हटाए सशक्त प्रतिवाद : डा. गोविन्द केसी

What's This?


Download our app to get more features

काठमाडौं, ५ माघ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन पदबाट डा. जगदिश अग्रवाललाई हटाएमा सशक्त प्रतिरोध गर्ने डा गोविन्द केसीले बताएका छन् । 

शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै डा केसीले बरिष्ठताका आधारमा आइओएमको डिनमा डा. अग्रवाल नियुक्त भएको भन्दै उनलाई हटाएमा सशक्त प्रतिरोध बताए । 

अदालतको आदेश र सरकारको निर्णय विपरीत त्रिवि पदाधिकारीहरु डिन डा. अग्रवाललाई हटाउन लागि परेको डा केसीको आरोप छ ।  ओपन हाउस काउन्सेलिङ मार्फत मेरिटका आधारमा विद्यार्थी छानेर निजी मेडिकल कलेजमा पठाउने काम चलिरहेको बेला त्रिवि पदाधिकारीहरुले डा अग्रवाललाई डिन पदबाट हटाउन चलखेल शुरु गरेको उनको आरोप छ ।  

डा अग्रवालको ठाउँमा नयाँ डिन वा कार्यवाहक डिन नियुक्त भएको खण्डमा त्यसको सशक्त विरोध गर्ने विज्ञप्तीमा उल्लेख छ ।  डा.अग्रवाललाई डिनपदबाट हटाउन चलखेल गर्ने त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने उनको माग छ ।  

Last modified on 2018-01-20 10:51:17

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts