सामुदायिक स्वास्थ्य एकाइ स्थापना



Download our app to get more features

बाबियाचौर (म्याग्दी), ६ माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको आर्वाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । 

भौगोलिक विकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्योपचार सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको हो । 

आर्वाङस्थित गाउँघर क्लिनकको भवनमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको शुक्रबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्दै दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै सहज र सर्वसुलभरुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य एकाइ स्थापना गरिएको बताए । 

स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकाले एक जना अहेबको व्यवस्था गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क वितरण हुने औषधि र उपचार सहयोगी सामग्री सहयोग गरेको छ । 

सामुदायिक स्वास्थ्य एकाइबाट साविक मराङ गाविसको ६ र ७ वडाका १ सय २० घरधुरीमा बसोबास गर्ने करिब ८ सय जनसंख्या लाभान्वित भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । 

यसअघि आर्वाङका बासिन्दा सामान्य बिरामी पर्दा दुई घण्टाभन्दा बढी पैदल हिँडेर मराङस्थित स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइने भएपछि स्थानीय बासिन्दा खुशीले गद्गद् भएका छन् । 

 

रासस

Last modified on 2018-01-21 07:57:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts