स्थानीय तहमा ६ हजार स्वास्थ्यकर्मी आवश्यक



Download our app to get more features

काठमाडौं, ७ माघ । सरकारले तय गरेको संघिय संरचनामा ६ हजार स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिएको छ । 

तत्काल सेवा संचालन गर्नका लागि ६ हजार स्वास्थ्यकर्मी आवश्यक पर्ने भएपनि कर्मचारी समायोजनको एकिन संख्या नभएकाले नियुक्ति प्रक्रिया लम्बीने देखिएको छ । 

तत्काल सेवा संचालन गर्न स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गर्नुपर्ने भएपनि कर्मचारी समायोजन नभए सम्म नियुक्तिमा स्वास्थ्य मन्त्रालय अलमलमा परेको योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले बताए ।

स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा नर्स अहेव, अनमी गरी ६ हजार बढी कर्मचारी आवश्यकता पर्ने मन्त्रालयको ठहर छ । 

गिरीका अनुसार कर्मचारी समायोजनको संख्या एकिन भएलगत्तै स्वास्थ्यकर्मी लिन सुरु गछौं । तत्काल आवश्यक परेको खण्डमा करार नत्र लोकसेवा आयोगबाट लिने छौं गिरीले भने । 
 

Last modified on 2018-01-22 13:37:39

2 Comments

  1. how can we apply .. no email address no information ..what are the criteria... Contact no for application?

  2. Lab asisstent


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts