ढाड दुख्छ ? हड्डी खिइएको हुनसक्छ

(भिडियोसहित)



Download our app to get more features

सामान्यतया गर्धनको पछाडीदेखि नितम्बसम्मको भागलाई ढाड भनिन्छ । यही भागमा समस्या भई हुने पीडालाई ढाड दुखाई भनिन्छ । ढाडलाई पनि तल्लो र माथिल्लो भागमा विभाजन गरिएको छ । ढाडको तल्लो भाग माथिल्लो भागको तुलनामा बढी दुख्ने गर्छ । माथिल्लो भागको तुलनामा तल्लो भाग बढी दुख्नुका कारण र यसको उपचार बारे आयुर्वेद डाक्टर काशी खतिवडाको भनाइ यस्तो छ ।

तल्लो ढाड दुखाई पुरुषको तुलानामा महिलामा बढी हुने गर्छ । यो कुनै ठुलो रोग हैन् तर, सामान्य लापरवाही वा असावधानीले यो समस्या देखिने गर्छ । तल्लो ढाडको दुखाई कम्मर वरपरको भागमा जहाँ पनि हुन सक्छ ।

कारण :

  • सही तरिकाले नबस्नु वा बसाई नमिल्नु ।
  • लामो समय टेडो गरेर बस्नु ।
  • ढाडको हड्डी र मांसपेशीमा समस्या आउनु ।
  • एक्कासी गह्रौ कुरा उचाल्नु ।
  • लामो यात्रा गर्नु ।
  • तल्लो ढाडको हड्डी खिइनु ।
  • मेरुदण्डमा चोटपटक लाग्नु ।
  • ढाडमा जन्मजात समस्या आउनु । 
  • हड्डीमा क्याल्सियमको कमी हुनु । 
  • मिर्गाैलामा पत्थरी हुनु ।
  • महिलामा रजस्वला हँुदा पनि ढाड दुख्न सक्छ । 
  • बढी तौल ।
  • नशा च्यापिने ।

यस बाहेक पनि तल्लो ढाड दुखाईका विभिन्न लक्षण हुन सक्छन । के कारणले दुखेको हो सोही अनुसार लक्षणहरू फरकफरक हुनसक्छ । यद्यपि, अस्पताल जानु भन्दा अगाडी वा कारण थाहा नपाउँदा ढाड दुख्ने, घोचे जस्तो हुने, यताउता सरेर दुखे जस्तो गर्ने हुन्छ ।  

जस्तै हड्डी खिएर दुखेको भए घोचेजस्तो हुने दुखाई धेरै नै हुने गर्दछ । 

ढाड दुखाईबाट बच्ने उपाय :

  • पेजिसन मिलाएर बस्ने ।
  • लामो समय एकै स्थानमा बसेर काम नगर्ने । हरेक आधा घण्टामा एकछिन आराम गर्ने ।
  • क्यालसियमयुक्त सन्तुलित खाना खाने ।
  • तौल नियन्त्रणमा राख्ने ।
  • नियमित व्यायम गर्ने ।
  • महिलामा ढाड दुख्ने समस्या बढी देखिने भएकाले महिनावरी भएको बेला क्याल्सियमयुक्त खाना बढी खाने ।
  • लगातार लामो समय ढाड दुखिरहे चिकित्सकको सम्पर्कमा जाने  । अन्य अंगमा समस्या भएर वा नशा च्यापिएर, हड्डी खिइएर पनि ढाड दुखेको हुनसक्छ । 

तल्लो ढाडको दुखाई लिएर आयुर्वेद अस्पतालमा धेरै बिरामी आउने गरेका छन् । बिरामीको पेशा बुझेर समस्या पत्ता लगाई आयुर्वेदिक र अकुपञ्चरका विभिन्न विधि अबलम्वन गरेर तल्लो ढाडको दुखाई कम गरिन्छ । आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दा साइडइफेक्ट कम हुनुको साथै रोगप्रभावी ढंगले निको हुने गर्छ । 

भिडियो हेर्नुहोस्: 

Last modified on 2018-01-22 09:11:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts