किटाणुका कारण हुने होइन सेतो दुबी



Download our app to get more features

हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ ।

सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । 
किन सेतो दुबी आउँछ रु यसबाट मुक्ति पाउन के गर्ने रु छाला तथा यौन रोग विशेषज्ञ प्राडा अमित अमात्य यसो भन्छन् –

सेतो दुबी देखिने कारण 
चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ । तर यो नगन्य मात्रमा हुन्छ । सेतो दुबी बारे भ्रम स् सेतो दुबी हुनेहरुलाई धेरै नै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ । यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । 

यही कारणले सेतो दुबी हुनेहरुलाई हेयका दृष्टिले हेर्ने गरिन्छ ।  सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । 

(ओठ,मुख,हात, खुट्टा आदि) छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ
१.गोलो थोप्ला :
यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।

२.शरीरको एकापट्टीको भागमा मात्र आउने :
 यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ ।

 ३.शरीरको पुरै भागमा देखिनेः
यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ । एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८,१० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ । यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ । 

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा
सम्भव भएसम्म प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने । केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने ।  यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ ।

यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।


 

Last modified on 2018-01-22 10:07:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts