जटिल बिरामीलाई पाँच हजार दिने निर्णय अन्यौलमा

स्पष्ट कार्यविधि नभएको भन्दै अर्थ मन्त्रालयले फाइल फर्काइयो



Download our app to get more features

काठमाडौं, ८ माघ । मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय अन्यौलमा परेको छ । 

बिरामीलाई भत्ता वितरण गर्ने स्पष्ट मापदण्ड र कार्यविधि नभएको भन्दै स्वास्थ्य मन्त्रालयले पठाएको फाइल अर्थ मन्त्रालयले फिर्ता गरेपछि सरकारी निर्णय अन्यौलमा परेको हो । 

स्वास्थ्यमन्त्री दीपक बोहरा नेतृत्वले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव १३ पुसमा मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्ले पनि स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई पारित गरेको थियो । 
मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य मन्त्रालयले जटिल बिरामीलाई माघको दोस्रो सातादेखि मासिक पाँच हजार दिने तयारी गरेको थियो । 

अर्थ मन्त्रालयको यस्तो जवाफपछि स्वास्थ्य मन्त्रालयले बिरामीलाई रकम कसरी उपलब्ध गराउने बिषयमा कार्यविधि बनाउन तयारी गरिरहेको छ । 

बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन भन्दै जटिल प्रकारका बिरामीलाई मासिक पाँच हजार दिने १३ पुषको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । 

नेपालमा जटिल रोगका बिरामी करिब २ लाख रहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । करिब २ लाख बिरामीलाई मासिक पाँच हजार रकम उपलब्ध गराउने स्पष्ट मापदण्ड पूरा नभइसकेको भन्दै अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई स्पष्ट कार्यविधि तयार गर्न भनिएको हो । 

सूर्तिजन्य पदार्थबाट उठेको स्वास्थ्य करकोषको रकमबाट जटिल प्रकारका बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको थियो । 


 

Last modified on 2018-01-22 16:06:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts