स्वास्थ्यमा समस्या भएपछि जीपी कोइराला उपचार केन्द्रका निर्देशकले दिए राजीनामा

What's This?


Download our app to get more features

काठमाडौं, ११ माघ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा यज्ञबहादुर भण्डारीले राजीनामा दिएका छन् । 


डा. भण्डारीले स्वास्थ्यमा समस्या भएकोले नियमित काम गर्न असमर्थ रहेको जनाउँदै स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
सरकारले डा. भण्डारीलाई ०७१ साल कात्तिक १७ गते जीपी कोइराला उपचार केन्द्रमा कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो । 
उनले यही माघ १७ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत गर्न स्वास्थ्य मन्त्रालयमा पत्र बुझाएका छन् । 

Last modified on 2018-01-25 15:13:14

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts