जटिल रोगका बिरामीलाई सरकारले आजदेखि मासिक पाँच हजार बाँड्दै

What's This?


Download our app to get more features

काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्यान्सर, मिर्गौला र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक पाँच हजार दिने कार्य बिहीवारबाट शुरु गर्दैछन् । 

प्रधानमन्त्री देउवाले बिहीवार साँझ तीन थरीका जटिल रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने कार्यक्रमको शुरुवात गर्न लागेको  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका भीसी गणेश गुरुङले बताए । 
बिरामीलाई भत्ता दिने कार्यक्रम माघ १२ गतेदेखि लागू हुने मन्त्रिपरिषद्द्को निर्णय अनुसार सरकारले यस्तो तयारी थालेको हो । 

बिरामीलाई भत्ता बाँड्नको लागि शुरुमा अर्थ मन्त्रालयबाट १२ करोड निकासा भएको भीसी गुरुङले बताए । 

स्वास्थ्य मन्त्रालयले क्यान्सर, मिर्गौला र स्पाइनल कर्ड इन्जुरीका बिरामीको जीवनयापन सहज होस् भन्ने उदेश्यका साथ मासिक पाँच हजार दिने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव बुझाएका थिए । मन्त्रिपरिषद्को पुष १३ गतेको बैठकले तीन थरीका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय गरेको थियो । 

Last modified on 2018-01-27 13:06:24

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. नर बहादुर ठकुरीon Thu, Jan 25 2018 04:06 PM

    कुन सस्थाबाट रकम पाइने होला ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts