वीर र ट्रमा सेन्टरका सरकारी चिकित्सककाे स्वास्थ्य बीमा शुरु

What's This?


Download our app to get more features

काठमाडौं ११ माघ । वीर र ट्रमा सेन्टरका सरकारी  चिकित्सकलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । वीर र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चार सय कर्मचारीको बीमा गराउँदै सो कार्यक्रमको सुरुवात भएको हो ।

हरेक नेपाली नागरिकलाई संविधान प्रदत्त स्वास्थ्य अधिकार उपलब्ध गराउने उदेश्यले २०७० सालदेखि नेपाल सरकारले यो अभियान सुरु गरेको हो । अभियानको पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाममा नागरिक बीमा कायक्रम कार्यान्वयन भएको थियो । काठमाडौंमा विहीबारबाट जारी भएको बीमा कार्यक्रममा ट्रमा सेन्ट्रर र वीर अस्पतालका कर्मचारी सहभागी हुने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका प्रबन्धक श्रीकृष्ण प्रजापतीले जानकारी दिए । 

ट्रमा सेन्ट्ररले यो अस्पतालमा कार्यरत कर्मचारीको तलबबाट बीमा बापतको रकम  भुक्तानी गर्ने गरी कार्यक्रमा ल्याएको हो । ट्रमा सेन्टरमा कार्यरत चार सय र वीर अस्पतालका १२ जना कर्मचारीले एक साताभित्र बिमा योजनामा दर्ता भइसक्नु पर्ने दर्ता सहयोगी कल्पना श्रेष्ठले जानकारी दिइन । 
स्वास्थ्य बीमामा सहभागि भएपछि बार्षिक २५ सय बुझाएपछि ५ जनासम्मको परिवारले ५० हजार सम्मको निःशुल्क स्वास्थय सेवा लिन सक्नेछन् । जसमा बहिरंग, अन्तरंग सेवा,  एक्स रे, आकस्मित सेवाका साथै फार्मेसीबाट पाउने सबै प्रकारका औषधिहरू पनि हुने जनाइएको छ ।

Last modified on 2018-01-27 13:06:14

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts