दृष्टि आँखा केन्द्रमा २० दिने मोतीविन्दु शल्यक्रिया शिविर 

What's This?


Download our app to get more features

काठमाडौं, ११ माघ । दृष्टि आँखा केन्द्र कलंकीमा १० माघदेखी मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शिविर २९ माघसम्म जारी रहने केन्द्रले जनाएको छ । केन्द्रले  शिविरमा बिना इन्जेक्सन मोतीविन्दु शल्यक्रिया गर्ने जनाएको छ ।

शिविरमा शल्यक्रिया बाहेकका सेवा पनि उपलब्ध हुने केन्द्रले जनाएको छ । शिविरका अवसरमा ५० वर्ष भन्दामाथि उमेरका सबै सेवाग्राहीको दर्ता शुल्कमा ५० प्रतिशतसम्म छुट पाउने छन् ।  । यस्तै मोतीविन्दुको शल्यक्रिया गराउनु पर्ने बिरामीलाई पनि ५० प्रतिशतल छुट दिने जनाइएको छ । 

केन्द्रले बिना इन्जेक्सन मोतीविन्दुको शल्यक्रिया गर्ने जनाएको छ । शिविरका रगतको परीक्षण गर्दा लाग्ने शुल्क निःशुल्क गरिएको छ । सो शिविरमा अत्याधुनिक मेसिनद्धारा आँखाको पावर जाँच पनि गरिनेछ । यस्तै अस्पतालमा जाँच गर्न आएकै दिन शल्यक्रियापछि घर फर्कन मिल्ने केन्द्रको भनाइ छ । 

 

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts