शय्यामै पुगेर प्रधानमन्त्रीले दिए जटिल रोगका बिरामीलाई भत्ता

What's This?


Download our app to get more features

काठमाडौं, ११ माघ । प्रधामन्त्री शेरबहादुर देउवाले अस्पतालको शय्यामै पुगेर जटिल रोग लागेका ६ जना बिरामीलाई ५ हजार रुपैयाँ प्रदान गरेका छन् । प्रधानमन्त्री देउवाले विहीबार वीर अस्पतालमा पुगेर स्पाइनल इन्जुरीको उपचार गराईरहेका ६ जना बिरामीलाई ५ हजारका दरले रकम उपलब्ध गराएका हुन् ।

अस्पतालमा उपचाररत कृष्णगोपाल फैँजु, प्रविन साह, सर्वजीत राई, मंगलबहादुर बि क, दवन तामाङ र भीमबहादुर रावतलाई रकम हस्तान्तरण गरेका हुन् । 
मन्त्रिपरिषद्ले जटिल रोग लागेका बिरामीलाई जीवनयापनमा सहज होस् भन्ने उदेश्यले हरेक महिना पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन स्वरुप प्रधानमन्त्री देउवाले औपचारिक रुपमा रकम प्रदान गरेका हुन् ।

 
 

Last modified on 2018-01-25 21:22:35

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts