भूकम्पका ३२ शव खोज्न आएनन् आफन्त



Download our app to get more features

काठमाण्डौं, १२ माघ । २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पमा परि मृत्यु भई सनाखत हुन नसकेका ३२ शव खोज्न हालसम्म पनि आफन्त आएका छैनन । आफन्त खोज्न आउने आसले फरेन्सीक मेडिसिन विभागले सुरक्षित रुपमा गाडेको छ ।
 
भूकम्पका बेला मृत्यु भएका मध्ये ३२ शव सनाखत भएका थिएनन् । फरन्सीक मेडीसीन  विभागका प्राध्यापक डाक्टर हरिहर वस्तीले कुनै पनि समयमा आफन्तहरु शव खोज्न आए दिन मिल्ने गरि व्यवस्थित र मर्यादित रुपमा गाडिएको बताए ।

हामीले सुरक्षीत रुपमा गाडेका छौं उनले भने, कुनै पनि समय आफन्त आए हामी डीएनए परिक्षण गरेर मिलेको खण्डमा बुझाउने छौं ।’ बिभागका अनुसार हालसम्म कोही पनि बुझ्न आएका छैनन् । 

भूकम्प लगत्तै विभाग वरिपरि दुर्गन्धित भएर शवको व्यवस्थापन गर्न कठिनाइ भए पछि ११ महिना पछि अर्थात २०७३ चैत्र ५ गते सनाखत नभएका ३१ शव व्यवस्थित रुपले गाडिएको थियो । 
वस्तीले ठाँउ अभाव भएका कारण ४१ बर्षदेखि सनाखत नभएका शवहरु गाँडिदै आएको फरेन्सीक मेडिसिन विभाग अगाडिको खाली ८ आना जग्गाको एक छेउमा (एल) आकारमा ३२ शव गाडिएको बताए । 

८ आना जग्गाको उत्तर पट्टीको छेउमा अहिले सम्म कुनै शव गाडिएको छैन वस्तीले भने, ‘सो स्थानमा व्यवस्थित तवरले गाडिएको छ । शव गाड्दा एकले अर्को शवलाई छोएको छैन ।’  

सबै शवहरु कोड नम्बरका आधारमा 

सनाखत नभएर गाडिएका शवको आफन्तहरु प्रमाण लिएर फरेन्सीक मेडिसिन विभागमा सम्पर्क गर्न आएको अवस्थामा गाडेको ठाउँमा गएर खोज्दा पहिचान गर्न सक्ने गरि राखिएको छ । गाडिएको स्थानको प्रमाणहरु लोप भएको खण्डमा त्यसको लगत विभागमा सुरक्षित रहने र त्यसका आधारमा सहजै कुन शव कसको हो भनेर चिन्न सकिने अवस्था रहेको वस्तीले बताए । त्यसका लागि आफ्नो मान्छेले कस्तो कपडा लगाएको थियो, कस्तो वर्णको थियो, उसको उचाई कति थियो, केटा मान्छे वा केटी मान्छे के हो ,कुनै औलाको छाप र अन्य रेर्कडहरु भए सोहीका आधारमा पहिचान गरिन्छ । 

विभागले ३२ वटा शवको छुट्टा छुट्टै डिएनए, र औठा छाप ल्यावबाट बनाई सुरक्षित राखेको छ । सवै शवहरु नाममा नभई कोड नम्बरका आधारमा राखिएको छ । १०१ देखि क्रमस १३२ सम्म कोड नम्बर राखेर व्यवस्थित रुपमा गाडिएको छ । 

एल आकारमा सव

शव गाड्दा अंग्रजी अक्षर एल आकार बनाएर प्रत्येक खाडलहरु ५ फिट गहिरो खनिएको छ । त्यसमा एक शवले अर्को शवलाई छोएको छैन । १६ वटा ठाँडो लाईनमा र १६ वटा तेर्सो लाइनमा राखेर शव गाडिएको छ । हरेक शवसंगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्नका लागि जमिन माथि पनि फलामको रडमा स्टिलपातामा कुदेको नम्बर प्लेट राखिएको छ । 

Last modified on 2018-01-26 11:48:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts