भारतको ‘पद्मश्री’ अवार्ड डा.सन्दुकलाई



Download our app to get more features

काठमाडौँ, १२ माघ ।  नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित भएका छन् ।

उनी भारतको प्रतिष्ठित ‘पद्मश्री’ अवार्डबाट सम्मानित भएका हुन ।

भारतको ६९ औँ गणतन्त्र दिवसको अवसरमा डा. रुइतलाई पद्मश्री’ अवार्डबाट सम्मानित भएका हुन ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतलाई स्वदेशी तथा विदेशी लाखौँ नागरिकको आँखा उपचार गरी ज्योति फर्काउन सफल भएको भन्दै सम्मान गरेको हो । 

‘पद्मश्री’ अवार्डबाट भारत सरकारले विभिन्न क्षेत्रमा ख्याति कमाएका ३२ जना स्वादेशी तथा विदेशी व्यक्तिलाई सम्मान गर्दै आएको छ । 
 

Last modified on 2018-01-26 09:14:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts