हृदयघातपछि अस्पताल लैजादै गर्दा वडा सदस्यको मृत्यु



Download our app to get more features

जितपुर, कपिलवस्तु, १२ माघ (रासस) : हृदयाघातका कारण कपिलवस्तुमा नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको विहिबार मृत्यु भएको छ । 

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts