जोसुकैलाई हुनसक्छ मोतीविन्दु

(भिडियोसहित)



Download our app to get more features

मोतीविन्दु वृद्धवृद्धा अवस्थामा लाग्ने रोग हो भन्ने धेरैको बुझाई छ । तर, त्यसो होइन । यो सबै उमेर समूहका व्यक्तिमा देखिन सक्छ । मोतीविन्दुको उपचारमा ढिलाई गरे सदाको लागि दृष्टि नै गुम्न सक्छ । मोतीविन्दुबाट जोगिन आँखा रोग विशेषज्ञ डाक्टर भाइराजा श्रेष्ठको सुझाब यस्तो छ:-

हाम्रो आँखाभित्र मणि जस्तै पातालो पारदर्शी झिल्ली हुन्छ । विभिन्न कारणले यही झिल्लीमा समस्या आई दृष्टि कमजोर बन्छ । जसलाई मोतीविन्दु भनिन्छ ।

साधारणतया मोतीविन्दु उमेर ढल्केसँगै देखिने रोग हो । तर, अन्य उमेर समूहमा नदेखिने भन्ने होइन । अस्वस्थ खानपान, प्रदुषित वातावरण आदिको कारण पछिल्लो समय मोतीविन्दुका बिरामी बढ्दो क्रममा छन् । 

मेतीविन्दु नसर्ने प्रकृतिको रोग हो । यो एक वा दुबै आँखामा हुन सक्छ । मोतीविन्दु बारे बुझ्नु अघि आँखाको लेन्सबारे जान्नु आवश्यक छ । आँखाको लेन्स प्रकाश छिर्ने एक महत्वपूर्ण अबयव हो । यही लेन्सको कारण हामीले देखेका वस्तुको आकृति प्रष्ट रुपमा रेटिनामा फोकस हुन्छ । रेटिनाबाट प्रकाशका आकृति मस्तिष्कमा जान्छ । त्यसले वस्तु यो हो भनेर प्रष्ट पार्छ । यो लेन्समा धमिलोपना आयो भने रेटिनामा पनि स्पष्ट आकृति बन्दैन् । हामीले प्रष्ट रुपमा वस्तुलाई देख्न सक्दैनौ । यसरी देखाईमा कमी हुनु वा ह्रास आउनु मोतीविन्दु हुनु हो । 

मोतीविन्दु हुने कारण :

मोतीविन्दु गर्भमा रहदादेखि बुढेसकालसम्म जो कोहीलाई हुन सक्छ । आमाको पेटमा हुँदा आमालाई टर्च इन्फेक्सन् लगायतका संक्रमण भयो भने मोतीविन्दु हुनसक्छ ।
यस्तै बच्चा उमेरमा खेल्दा वा केही गर्दा आँखामा चोटपटक लाग्यो भने मोतीविन्दु हुनसक्छ । त्यस्तै बयस्क अवस्थामा मुख वा आँखा वरीपरी लामो समय स्टेवार्यड नामक औषधि लगाउँदा त्यसको साइड इफेक्टले मोतीविन्दु हुनसक्छ । बुढ्यौली लागे पनि आँखाको लेन्समा भएको प्रोटिन फुल्दै जान्छ र मोतिविन्दु हुन्छ । यसको साथै आँखामा चोट पटक लाग्नु, मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिमा पनि मोतीविन्दु हुन सक्छ । 

मेतिविन्दुका लक्षण :

  • बिस्तारै दृष्टि धमिलो भएर जाने ।
  • घाममा वा प्रकाश भएको ठाउँमा हेर्दा आँखा तिरमिराउने, हेर्न गाह्रो हुने ।
  • सवारी साधान चलाउँदा विपरित दिशाबाट आएको सवारीको प्रकाश पर्दा समस्या आउने ।
  • अध्याँरोमा झन् कम देखिने ।
  • भुँई वा पारी हेर्दा तलमाथि चलेजस्तो डाडाकाडा देखिने ।
  • रंगहरु फरक देखिने आदि ।

मोतीविन्दुबाट बच्ने उपाय :

  • धुँवा धुलोमा हिडडुल गर्दा चश्मा लगाउने ।
  • सिधै सूर्य वा बत्तीको कडा प्रकाशमा नहेर्ने ।
  • बच्चालाई धारिलो कुरा खेल्न नदिने ।
  • गर्भवतीले विभिन्न खालका संक्रमणबाट बच्ने ।
  • सन्तुलित खाना खाने ।
  • आँखालाई चोटपटक लाग्नबाट बचाउँने ।
  • नियमित आँखा परीक्षण गराउने ।
  • दृष्टिमा कुनै पनि समस्या आए तुरुन्त विशेषज्ञकोमा परीक्षण गराउने ।

मोतिविन्दुको उपचार पद्धति :

मोतीविन्दुको सबै भन्दा प्रभावकारी उपचार भनेकै शल्यक्रिया हो । मोतीविन्दु कुन अबस्थामा पुगेको छ सो हेरी उपयुक्त उपचार पद्धति अवलम्बन गरिन्छ । जन्मजात मोतिबिन्दु भएका, दृष्टिमा ठुलै समस्या सृजना भएका बच्चामा भने तीन महिना पुगेपछि मात्रै शल्यक्रिया गर्नु पर्छ ।

मोतीविन्दु पुरै पाकेको भए तुरुन्त शल्यक्रिया गर्नुपर्छ । अन्यथा ढिला भए दृष्टि गुम्न सक्छ । सामान्य खालको मोतीविन्दु कामकाजमा समस्या मात्र आएको छ भने चिकित्सकको सल्लाह बमोजिम चश्मा प्रयोग गर्न सकिन्छ ।
 

भिडियो हेर्नुहोस्:

Last modified on 2019-03-25 06:49:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts