स्वास्थ्य संस्थालाई रु.३ लाखका सामाग्री हस्तान्तरण



Download our app to get more features

मलेखु, धादिङ, १३ माघ (रासस) : जिल्लाका पाँच स्वास्थ्य संस्थालाई शुक्रबार चिकित्सा उपकरण हस्तान्तरण गरिएको छ । 

विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेपलाञ्चोकले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, सल्यानकोट, रि, खाल्टे र तसर्पु स्वास्थ्यचौकीलाई आवश्यक फर्निचर पनि सहयोग गरेको छ । 

केन्द्रका निर्देशक विकासमान सिंहले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठमार्फत सामग्री हस्तान्तरण गरिएको थियो । सो सामग्री करिब रु ३४ लाख ८९ हजार बराबरको छ । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले नागरिकको स्वास्थ्यका लागि इमान्दारपूर्वक काम गर्न स्वास्थ्य संस्थाका प्रमुखलाई आग्रह गरे ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts