तनाव कम गर्न सेक्स !



Download our app to get more features

तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ या वैवाहिक सम्बन्धमा केही समय पश्चात विभिन्न तनावहरुको सिर्जना हुने गर्दछ । 
यसरी समय समयमा आउने तनाव कम गर्न महिलाहरु खाएर आफ्नो तनाव कम गर्छन् भने पुरुषहरु यौनसम्पर्कबाट । यहि बिषयमा एक अध्ययन ग

के छ अध्ययनमा ?  
साइकोलोजिष्टले भनेका छन् स्ट्रेस कम गर्न र आफूलाई रिल्याक्स अनुभुत गराउनका लागि महिलाहरु खान सुरु गर्दछन् । तर पुरुषहरु भने यौनसम्पर्क गर्न या पोर्न चलचित्र हेर्न मन पराउँछन् । यौनसम्पर्क पुरुषहरुको नकारात्मक सोचलाई कम गर्न महत्वपूर्ण हुने गर्दछ । तर महिलाहरुमा भने ठिक उल्टो ।  महिलाहरु पहिलाको कुरा गर्न रुचाउँछन् ब्रिटिस साइकोलोजिकल सोसाइटी डिभिजन अफ क्लिनिकल साइक्लोजी इन लीवरपूलमा भएको एक सम्मेलनमा यो कुराको खुलासा गरिएको हो । पुरुषलाई आफ्नो तनाव कम गर्नका लागि थेरापी पर्याप्त हुने गरेको तर महिलाहरु पुराना कुराहरु गरेर तनाब कम गर्ने गरेको निचोड पनि सम्मेलनमा सुनाइएको थियो । 

के भन्छन् विज्ञहरु ?  
प्रोफेसर डा. जोन बेरीका अनुसार यौनसम्पर्कको समयमा उत्पादन हुने एण्डोर्फिनले पुरुषलाई खुसी बनाउन मद्दत गर्दछ । पुरुषहरुमा यौ इ्रच्छा धेरै हुने गर्दछ त्यसैले पनि तनावसँग लड्नका लागि यौनसम्पर्क एक राम्रो उपाय हुन जान्छ ।  
फ्याटी फुड र स्वीट फुडको हार्मोन कोर्टिसोलसँग प्रत्यक्ष सम्बन्ध हुने अध्ययनको निष्कर्ष छ । त्यसैले पनि तनावका समयमा महिलाहरु खाना खान रुचाउँछन् ।  

कसरी गरियो अध्ययन ? 
तनावमा रहेका ११५ पुरुष र २५० महिलामाथी यो अध्ययन गरिएको हो । अध्ययनमा ११ प्रतिशत महिलाले मात्र आफ्नो तनाब हटाउन यौनसम्पर्क गर्न रुचाउने बताएका थिए । ५० प्रतिशत महिलाहरुले खाना खाएपछि आफ्नो तनाव कम हुने गरेको अनुभव सुनाएका थिए । अध्ययनमा भनिएको यदि पुरुषलाई कामको समयमा केही समस्या भएमा थेरापी सबैभन्दा उत्तम विकल्प हुन सक्दछ । महिलाहरुको सम्बन्धमा भएको तनाव कम गर्न आफ्नो पुराना घटना तथा भावनाहरु सुनाउन चाहान्छन् ।  

Last modified on 2018-01-28 08:09:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts