नर्सको सम्मानमा डा. रिजालको गीत



Download our app to get more features

काठमाडौं, १४ माघ । बरिष्ठ चिकित्सक तथा गितकार डा. भोला रिजालले नर्सको सम्मानमा नयाँ गीती एल्बम बजारमा ल्याएका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले "धन्यधन्य" नामक गीती एल्बम बजारमा ल्याएका हुन । 

नर्सिङ क्षेत्रमा आवद्ध भई जनताको सेवामा २४ सै घण्टा समर्पित हुने पेसा भन्दै रिजालले नर्सिङ दिवसको अवसर पारेर गीती एल्बम बाहिर ल्याएको बताए । रिजाल चिकित्सा क्षेत्रमा जति अब्बल मानिन्छन गीत संगितका क्षेत्रमा पनि त्यतिनै अब्बल छन् । उनको गीतमा नर्सहरुको व्यवहार, बोली उनिहरुले दिने सेवा, श्रद्वा स्नेह जस्ता विषय गितका माध्यमबाट उजागर गर्ने प्रयत्न गरेका छन् । 

डा. रिजालको शब्द रहेको उक्त गीतमा मनोहर सुनामले संगित भरेका छन् । स्वर प्रकाश श्रेष्ठ र संगिता रानाको रहेको छ ।    

यस्तो छ, रिजालले नर्सको सम्मानमा लेखेको गित 

निष्काम भाव कर्मयोगी अमृतझै बोली
जीवन अनि जगतको दिन्छौ ढोका खोली ।

धन्यधन्य स्वास्थ्य सेविका स्वास्थ्य परिचारिका
श्रद्वा स्नेह तिमीलाई हृदयभरिका ।

नयनबाट बर्सिारहने करुणाको  धारा 
जन्म लियौ निभाउन पुण्य अभिभारा 
छचल्किन्छ आँखाबाट नित्य सेवाभाव 
प्रभातमा रमाउँदै भन्छ्यौ सु प्रभात  ।

निशाचरीसरि बित्छ तिम्रो जिन्दगानी
जीवनमृत्यु सँंघारमा तिमी संजिवनी 
दुःखलाई शुख ठान्ने धर्म परायणी 
सेवा, दया, करुणा र ममताकी खानी । 

धन्यधन्य स्वास्थ्य सेविका स्वास्थ्य परिचारिका
श्रद्वा स्नेह तिमीलाई हृदय भरिका ।
 

Last modified on 2018-01-29 09:23:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. स्शास्थ्य परिचारिका शब्द राख्न मिल्दैन। साथै सेविका स्त्रीलिङ्गी सुचक शब्द फनि गलत छ।

  2. really touches the heart ...thank you from the inner core of the heart😊


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts