पाँच वर्षमा पनि सञ्चालन भएन अञ्चल अस्पतालको आइसीयू

फोटो फिचर



Download our app to get more features

जनकपुर, १४ माघ । जनकपुर अञ्चल अस्पतालमा पाँच वर्षअघि स्थापना भएको आइसीयू कक्ष अझै सञ्चालनमा आउन सकेको छैन ।

१९ फागुन २०६९ मा तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महातोले अस्पतालको आइसीयू कक्ष उद्घाटन गरेका थिए । तर विशेषज्ञ चिकित्सक र नर्स अभावका कारण १४ शय्याको अत्याधुनिक सेवा सुविधासहितको सो आइसीयू कक्ष सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसीयू कक्ष सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक र नर्स नहुँदा आइसीयू सञ्चालन गर्न नसकेको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए । 

आइसीयू सञ्चालन नहुँदा जटिल प्रकारका बिरामीको उपचार गर्नु परे अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । सुलभ शुल्कमा बिरामीलाई सेवा दिने उदेश्यले आइसीयू स्थापना भए पनि कर्मचारी अभावकै कारण सेवाग्राहीले सास्ती र महंगो शुल्क तिर्न बाध्य भएका छन् । 

Last modified on 2018-01-29 09:22:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts