चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

What's This?


Download our app to get more features

नवलपरासी, १४ माघ :  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । 

अस्पतालमा साउनदेखि नै सम्बन्धित विषयका दक्ष चिकित्सक छ्रैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए । 

पटक पटक स्वास्थ्य मन्त्रालय, विभाग र परिवार स्वाथ्य महाशाखालगायत सबै निकायमा पत्राचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छ्रैन । अस्पतालबाट हरेक महिना १ सय ५० भन्दा बढीले प्रसूति सेवा लिने गरेको तथ्यांक छ । अहिले अस्पतालबाट सामान्य प्रसूति सेवाबाहेक शल्यक्रियाबाट दिइने प्रसूति सेवा पूर्ण बन्द भएको छ । 

एक सय आठ वर्षअघि स्थापित अस्पताल १५ शय्या हुँदै २५ र २५ शय्या हँुदै अहिले ५० शय्यामा स्तरोन्नति गरिएको एक वर्ष बितिसक्दा पनि विशेषज्ञ सेवा सञ्चालन हुन सकेको छैन । विशेषज्ञ चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल नौ जना मात्र चिकित्सक छन् । ५१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा ३० मात्र कर्मचारी छन् । रासस

Last modified on 2018-01-28 14:46:24

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts