कलेजोमा बोसो जमे मुटुमा समस्या

(भिडियोसहित)



Download our app to get more features

कलेजोमा बोसो जम्नुलाई नै फ्याटी लिभर भनिन्छ । पछिल्लो समय फ्याटी लिभर वा कलेजोमा बोसो जम्ने समस्या लिएर धेरै बिरामी अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन् । कलेजोमा बोसो किन जम्छ, कलेजोमा बोसो जमे के हुन्छ र यसबाट कसरी बच्ने भन्ने विषयमा रेडियोलोजिष्ट डा. होम पुनले केही सुझाब दिएका छन् ।

व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तौल वृद्धिका कारण कलेजोमा बोसो जम्छ । कलोजोमा बोसो जमेर तत्काल मानिसको मृत्यु नभए पनि हेलचक्र्यार्इं भने गर्नु हुँदैन् । यसको उपचार तत्काल नगरे भविष्यमा गम्भीर किसिमका रोग लाग्न सक्छ । 

फ्याटी लिभर भएको कसरी थाहा पाउने :

फ्याटी लिभर भए नभएको युएसजी (भिडियो एक्सरे) गरेर मात्रै थाहा पाउन सकिन्छ । साथै कलेजोमा बोसो बढे खाना मन नलाग्ने, वान्ता हुने, जीउ आलस्य हुने, मुख नमिठो हुने, कम्मरमुनिको दाहिने भागमा दुख्ने हुन्छ । 

प्रमुख कारण :

  • मध्यपान धेरै गर्ने ।
  • तौल बढी भएमा ।
  • निस्क्रिय जीवनशैली अपनाएमा ।
  • अस्वस्थ खानपान गरेमा ।
  • मधुमेह भएमा ।
  • हेपटइटीस सी लागेमा ।
  • लामो समयदेखि औषधि सेवन गरिरहेका व्यक्तिमा ।

समयमै उपचार नगरे मुटु लगायतका अंगमा असर :

कलेजोमा बोसो जमे शरीरका विभिन्न अंगमा क्षति पु¥याउँछ । कलेजो वरपर धेरै नै बोसो जमे मुटुको धमनीलाई समेत साँघुरो पार्छ । जसले रक्तसञ्चारमा समस्या श्रृजना गर्छ । साथै कलेजो वरपरका अन्य अंगमा समेत असर पुग्न सक्छ ।

यसरी अपनाउन सकिन्छ सावधानी 

  • तौल नियन्त्रण गर्ने ।
  • मध्यपान नगर्ने ।
  • सक्रियजीवन शैली अपनाउने ।
  • स्वस्थ खानपान गर्ने ।
  • नियमित व्यायम गर्ने ।

केलेजोको कुन भागमा बोसो जमेको छ सोको पहिचान गरी पेट तथा कलेजो रोग विशेषज्ञको सल्लाह अनुसार उपचार प्रक्रिया शरू गर्नुपर्छ । 

भिडियो हेर्नुहोस्:


Last modified on 2018-01-29 07:44:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts