समाज र राज्यबाट अपहेलित कुष्ठरोग प्रभावित

What's This?


Download our app to get more features

काठमाडौं, १४ माघ । कुष्ठरोगलाई पूर्वजन्मको पाप र देवीदेवताको श्रापका रुपमा लिने अन्धविश्वास अझसम्म कायमै छ । उनीहरु समाजमा अपहेलित भएर बाँच्न बाध्य छन् ।  

औषधि उपचारबाट निको हुने रोग भएपनि कुष्ठरोग प्रभावितहरुले समाजबाट अपहेलित भएर बस्नुपरेको छ । समाजको डरका कारण पनि प्रभावितहरु रोग लुकाउँछन् । यसले गर्दा उनीहरु उपचारकेन्द्र सम्म पुग्दैनन् ।  
केही दिनअघि मात्रै बाराकी कुष्ठ प्रभावित २४ चुनचुनदेवीलाई घरबाट निकालेको समाचारमा आएको थियो ।

कुष्ठरोग एकदमै  सरुवा रोग भन्दै उनीहरुबाट टाढा रहने गर्छन् । मानवीय संवेदनाको अलिकति पनि हेक्का नराखी उनीहरुमाथी गरिने यस्ता दुव्र्यवहारले उनीहरुको मनमा कति बिझ्दो होला ।  

रातो, फुस्रो दाग आउने र स्मरणशक्ति हराएर अंगभंग हुने अनुहारको छाला बाक्लो हुने अवस्थालाई कुष्ठरोग भनिन्छ । यो आँखाले देख्न नसकिने माइक्रो व्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । 
औषधोपचारबाट निको हुने रोग भएपनि समाजमा यस रोगलाई फरक रोगका रुपमा लिइन्छ । कुष्ठरोग प्रभावितलाई समाजको संरचना र व्यवहारसँग जोडिएका कारण यो फरक रोगका रुपमा चिनिन्छ ।

पहाडको तुलनामा तराइ क्षेत्रमा प्रभावितहरुको संख्या धेरै छ । सरकारले अहिले तराइको १७ वटा जिल्लामा प्रभावितहरुको तथ्यांक संकलन गर्ने काम गरेको छ । औषधोपचारबाट नेपालमा एकलाख ८० हजार प्रभावितहरु कुष्ठरोगबाट मुक्त भइसकेका छन् । हरेक बर्ष करिब ३ हजारको संख्यामा प्रभावितहरु थपिने क्रम छ ।

सरकारले सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि बर्षेनी कुष्ठरोग प्रभावितहरुको संख्या बढ्दै गएको छ । सरकारले कुष्ठरोग प्रभावितलाई सन २०२० सम्म शुन्य अंकमा झार्ने लक्ष्य लिएको छ । 

कुष्ठ प्रभावितको लागि पुनर्स्थापना र उपचार पर्याप्त नभएको 
सरकारले कुष्ठरोग प्रभावितलाई पुनर्स्थापना र उपचारमा यथेष्ट काम गरिरहेको जनाएपनि प्रभावितसम्म लक्षित कार्यक्रम पुग्न नसकेको कुष्ठरोग प्रभावितहरुको गुनासो छ ।  
कुष्ठ प्रभावित समाजका अध्यक्ष दीपक तिवारीका अनुसार सरकारले प्रभावितप्रति वेवास्ता गरेको गुनासो गरेका छन् । 

बुढानिलकण्ठस्थित ५० जना कुष्ठ प्रभावितलाई एकै थलोमा राखेर शान्ति सेवा गृह चलाइरहेका तिवारीले सरकारले प्रभावितको पुनर्स्थापनामा ध्यान नदिएको गुनासो पोख्छन् । 
कुष्ठरोग सम्बन्धी सरकारको रणनीति पूर्णरुपमा कार्यावन्यन नभएको उनी बताउँछन् । 

शान्ति गृहमा जस्ताको टहरामा गुजारा चलाउँदै आएका कुष्ठ प्रभावित शुक्रेबहादुर परियार । सरकारले प्रभावितको पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको कृष्ठरोग प्रभावित शुक्रेबहादुर बताउँछन् । 
०७२ सालको भूकम्पपछि जस्ताको टहरामा गुजारा चलाउँदै आएका उनी अहिलेसम्म त्यसमै बसिरहेका छन् । उनका श्रीमती र दुई छोराछोरी गरी चारजनाको परिवार छ । 'सरकारले मासिक ४ हजार भत्ता प्रभावितलाई भनेर दिइएको छ यसले चारजनाको खर्च धान्न् मुश्किल छ' उनले भने । 

'सरकारले प्रभावितलाई भनेर थुप्रै बजेट खर्च गर्छ तर हामीसम्म त्यो बजेट आइपुग्दैन् ' उनले बताए ।  

कानूनमा समेत अपहेलित कुष्ठरोग प्रभावित

समाजमा अपहेलित जीवन बाँच्न बाध्य कुष्ठ प्रभावितहरु राज्यले पनि पुनर्स्थापना र उपचारमा पर्याप्त ध्यान नदिँदा निराश छन् । 

सरकारले ६५ कुष्ठरोग दिवस मनाइरहेको छ । कुष्ठ प्रभावित समाजका अध्यक्ष दीपक तिवारी भन्छन् 'कुष्ठरोग दिवस मनाएर मात्र कुष्ठरोग निवारणको लक्ष्य प्रभावकारी हुँदैन् ।' कुष्ठरोगकै कारण शारीरिक अपांगता भएका करिब ३० हजार छन् । उनीहरुको पुर्नस्थापनामा राज्यले ध्यान नदिएको प्रभावित समाजका अध्यक्ष तिवारीको भनाइ छ । 

उनले भने 'जुन समाजले कुष्ठ प्रभावितलाई हेपेको छ त्यही प्रबृत्ति सरकारको पनि छ ।'संविधानमा समेत कुष्ठ प्रभावितहरु अन्यायमा परेको महशुस गर्छन् । नेपालको कानुनले नै कुष्ठ प्रभावितलाई विभेद गरेकोले  त्यस्तो प्रावधान हटाउनु पर्ने यस क्षेत्रमा लाग्ने विज्ञहरुको छ । 

नेपालको पारिवारिक कानुनमा कुष्ठरोग प्रभावितले विवाह गर्न गराउन नपाउने व्यवस्था रहेको छ । यसले कुष्ठ प्रभावितहरु अन्यायमा परेका छन् । कुष्ठरोग प्रभावितलाई प्रत्यक्ष असर गर्ने यी शब्द संविधानमा हुँदा प्रभावितहरु दुखी महशुस गर्छन् । 

Last modified on 2018-01-29 08:14:56

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts