गर्दनको कालोपना हटाउने पाँच विधि 



Download our app to get more features

सौन्दर्यको विषय आउनासाथै धेरैजसोको ध्यान कपाल र अनुहारमा मात्रै केन्द्रित हुन्छ ।

तर सौन्दर्य त्यतिमा मात्रै सिमित हुँदैन । सुन्दर अनुहार र सिल्की अकर्षक कपाल भए पनि घाँटी र गर्दनमा कालो दाग वा पोतो छ भने त्यस्तले तपाईंलाई कुरुप बनाउँछ । यसकारण गर्दनको देखभाल पनि उत्तिकै आवश्य हुन्छ । अनुहारमा मात्रै नभई गर्दनमा पनि प्रदूषण र घामको असर हुन्छ जसले गर्दन कालो बन्न जान्छ ।

प्रायः व्यक्ति नुहाउने समय मात्रै गर्दनलाई पानीले सफा गर्ने गर्छन् । तर यसो गर्दा गर्दनको केही भाग कालो हुन जान्छ । गर्दनलाई कम्तीमा पनि दिनको २ पटक सफा गर्नुपर्छ । यसबाहेक यी पाँच विधि अपनाएर कालो गर्दनलाई सफा र गोरो बनाउन सकिन्छ ।

ओटमिल स्क्रब
ओटमिलाई राम्रोसँग पिसेर त्यसलाई हल्का रफ रहन दिने । त्यसमा दुई चम्चा गोलभेँडाको रस र एक चम्चा मह मिसाउने । तयार पेस्ट सातामा दुई पटक गर्दनमा लगाएर सफा गर्ने । यसले केही सातामै तपाईंको गर्दन सफा र मुलायम बनाउँछ । 

कागती  
कागतीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । यो एक प्राकृतिक ब्लीच पनि हो । नुहाउनु भन्दा पहिले कागतीलाई गर्दनमा हल्का हातले रगड्ने । सातामा दुई पटक यसो गर्नाले घाँटी सफा देखिन्छ ।

कागती र मह 
कागतीको रसमा मह मिसाएर एक प्याक बनाउने । नुहाउनु भन्दा पहिले तयार प्याकलाई गर्दनमा लगाउने र केही समय त्यसलाई सुक्न दिने । नुहाउने समय राम्रोसँग सफा गर्नुपर्छ । 

बेकिंग सोडा 
बेकिंग सोडा पनि गर्दन सफा गर्न प्रयोग गरिन्छ । दुई चम्चा बेकिंग पाउडरमा पानी मिसाउने र त्यसलाई सेमी–लिक्विड घोल बनाउने । सो घोललाई गर्दनमा लगाएर केही समयका लागि छोड्ने । उक्त पेस्टले गर्दनको कालोपन कम हुन्छ ।

काँचो मेवा 
काँचो मेवा काटेर धेरै मसिनो नहुने गरेर पिस्ने । तयार पेस्टमा गुलाब जल र एक चम्चा दही मिसाउने र उक्त पेस्ट गर्दनमा लगाउने । केही समय पछि गर्दन सफा गर्ने । सातामा एक पटक यो विधि अपनाउनाले गर्दन सफा र गोरो हुन्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-01-29 08:31:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts