छालालाई सधैं कसरी स्वस्थ राख्ने ?



Download our app to get more features


गर्मी होस वा जाडो सधैंभरी छालाको हेरचाहका लागि आम मानिसको टाउको दुखाइको विषय बन्छ । मौसम परिवर्तनसँगै हाम्रो छालामा पनि विभिन्न समस्या आउन सक्ने भएकाले सधैंभरी छालाको उचित स्याहार गर्नु जरुरी हुन्छ । छालामा हुने बाहिरी संक्रमणबाट जोगाउन विभिन्न क्रिम तथा औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । 

छालाले हाम्रो शरीरलाई पैतालादेखि शिरसम्म ढाकेको हुन्छ । छालाले शरीरमा बाहिरी संक्रमणबाट जोगाउने, शरीरका अंगहरुलाई ढाकेर सुरक्षा प्रदान गर्छ । यस्तै शरीरका विकार पदार्थलाई पसिनामार्फत बाहिर निकाल्ने, मौसम अनुसार शरीरलाई तापक्रम प्रदान गर्ने र घामबाट प्राप्त हुने भिटामिन डी शरीरमा सोस्ने गर्छ ।  

मानिसको छाला हरेक २८ दिनमा फेरीरहेको हुन्छ । छाला सम्पूर्ण शरीरको सुरक्षा कवज हो । त्यसैले छालाको सुरक्षा र स्याहारमा ध्यानदिनु उतिकै आवाश्यक रहेको हुन्छ ।


छालाको स्याहार

छालाको सुरक्षाका लागि मौसम अनुसार फरक–फरक क्रिम तथा प्रसाधनको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोमा बढी सुख्खा हुने भएकाले छालालाई फाइदा गर्ने गुणस्तरीय सामाग्रीको प्रयोग गर्नुपर्छ । 

सोझै पसलमा गएर आफैं जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविद्वको सल्लााह लिनु उपयुक्त हुन्छ । मौसम अनुसार यस्ता प्रसाधनहरु नियमित प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालालाई सुख्खापनबाट बचाएर कोमल र मुलायम राख्छ । 

चिसो मौसममा हात गोडा फुट्नबाट बचाउन पनि छाला मुलायम राख्ने क्रिमको प्रयोग गर्नुपर्छ । यसले हाम्रो छालालाई स्वस्थ र आकर्षक देखाउन मद्दत गर्छ । मोस्चराइजरयुक्त साबुनको प्रयोगले पनि छालालाई कोमल बनाउन मद्दत गर्छ । साथै  फेसवास, बडिवास, स्याम्फु र सावर जेलको प्रयोग पनि छालाको लागि उपयुक्त मानिन्छ ।

ओठको छाला ज्यादै पातलो, नरम र संवेदनशील भएकाले जाडो मौसममा फुटिरहेको हुन्छ । यसबाट छुटकारा पाउन मुलायम पार्ने लिप क्रिमको प्रयोग गर्नुपर्छ । त्यसले नुहाउनुअघि कपालको सुन्दरताका लागि तेलले मालिस गर्ने र नुहाएपछि बडिआयल लगाउनु उपयुक्त हुन्छ । यसले हाम्रो छालालाई मुलायम र आर्कषक बनाउँछ । 
  
सन प्रोटेक्सनको प्रयोग 

हरेक दिन बिहान सफा पानीले मुख धोएर मोश्चराइजर क्रिम प्रयोग गरी सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । सामान्य घामको प्रकाशलाई सनप्रटेक्सन क्रिमले रोक्छ । यसरी प्रयोग गरीने सन प्रोटेक्सन क्रिम ४ घण्टासम्म मात्रै काम गर्ने भएकाले बिहान ८ बजे र दिउँसो १२ बजेको समयमा प्रयोग गर्दा फाइदा लिन सकिन्छ । 

अनुहार तथा शरीरमा मेकअप गर्नुअघि सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । बेलुका सुत्नुअघि चिसो पानीले अनुहार धोएर मोश्चराइजर क्रिम लगाउन उपयुक्त हुन्छ । घामबाट कसरी बच्ने
घाममा निस्कनु अघि सन प्रोटेक्सनको प्रयोग गर्ने, दिउँसो १० देखि २ बजेसम्मको घाममा सकभर ननिस्कने वा निस्कनु परे छाता, टोपी तथा सलले अनुहार ढाकेर हिड्ने गर्नुपर्छ ।

अनुहारमा सिधा घामको प्रकाशबाट सकभर जोगीरहनु आवाश्यक हुन्छ । त्यस्तै प्रशस्त पानी पिउने, धुम्रपान, मद्यपान त्याग्ने, तनाव मुक्त रहने र सन्तुलित आहार सेवन गर्ने जस्ता व्यवहार अपनाउनुपर्छ ।

 

डा. घिमिरेसँग नबिना कार्कीले गरेको कुराकानीमा आधारित 

Last modified on 2016-05-15 11:25:10

1 Comments

  1. In my face lots of pimple are come and it damge my face.can you give me best solution to remove pimple and black spot


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts