सन्दर्भः ५६ औं राष्ट्रिय नर्सिङ दिवश

एउटा नर्स बन्न ९ लाख खर्च, तलव १० हजार



Download our app to get more features

काठमाडौं, १५ माघ । नेपालको जनसंख्या वृद्धिदर १.३५ का दरले भइरहेको छ । यसलाई आधार मानी हेर्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या करिब ३ करोड ५५ लाख हुनेछ ।

सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समते गरेर २३ जना हुनुपर्छ । 

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार नेपालमा प्रति १० हजार जनसंख्याका लागि ६.८ स्वास्थ्यकर्मीहरू रहेका छन् । यदि १ सय ८६ राष्ट्रहरुको सीपमुलक स्वास्थ्य जनशक्ति चिकित्सक, नर्स र मिड्वाइफ को जनघनत्व हेर्ने हो भने ३ राष्ट्रहरुमा २२ प्रति १० हजार जनसंख्या र ६८ राष्ट्रहरुमा ३५ प्रति १० हजार भन्दा माथि रहेको पाइन्छ ।

स्वास्थ्य मन्त्रालय नर्सिङ सुधार समितिले हालसालै तयार पारेको प्रतिवेदनका अनुसार सन् २०३१ मा नेपालको जनसंख्या ३ करोड ५५ लाख ३८ हजार २ सय ५२ पुग्नेछ । जुन समय देशमा अन्तर्राष्ट्रिय मान्यता अुनसार थप ७० हजार नर्स÷मिड्वाइफहरु जरुरत पर्दछन । हाल प्रतिवर्ष भइरहेको नर्सिङ्ग÷ मिडवाइफ उत्पादनको दरलाई आधार लिँदा सन् २०२३ मै नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ । 

एउटा नर्स बन्न  ९ लाख 
नर्सिङ क्षेत्रका जानकारहरुका अनुसार एउटा नर्स बन्न नेपालमा ४ देखि ९ लाख रुपैयाँ सम्म लाग्ने गरेको छ । वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईका अनुसार नर्स बन्नका लागि एकिन पैसा कसैले तोकेका छैनन् । उनका अनुसार सिटीईभिटी बाट मान्यता प्राप्त निजी कलेजहरुले फरक फरक शुल्कमा एउटा नर्स उत्पादन गर्छन । 

निजी अस्पतालमा कम्तिमा ४ देखि ९ लाख सम्म खर्च गरेर एउटा नर्स उत्पादन हुने गरेको उनी बताउछीन । सरकारी स्वास्थ्य संथाले भने २ देखि ३ लाख भित्र एउटा नर्स उत्पादन गर्दै आएका छन् । एउटा नर्स बन्नका लागि ८ लाख रुपैयाँ खर्च गर्नु परेको छ चौलागाईले भनीन् तर, ‘तलव भने १० देखि ११ हजार रुपैयाँ दिने गरेका छन् । स्वास्थ्य संस्थामा हुने गरेको विभेद विरुद्ध हामीले लड्नु परेको हो ।’ 

नियम पालना गरे सबै नर्स खपत 
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेका छन् । हालको जनसंख्यालाई आधार मान्दा हाल नेपालमा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता रहेको छ । नेपाल नर्सिङ परिषदकी रजिस्ट्रार लक्ष्मी राईका अनुसार यो अहिले ५० हजार बढी नर्सहरु बेरोजगार रहेको अवस्थामा यो जनशक्ति स्वदेशमा खपत हुन्छ ।

 सरकारले संघिय संरचना संगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक जना नर्स राख्ने नीति लिएको छ राईले भनीन, यदी सरकारले लिएको यो नीति लागू गरेको खण्डमा हाल ५० हजार नर्सले वेरोजगार भएर बस्नु पर्दैन । सामान्य तया १ सय वेडको अस्पतालमा एक नर्सले ४ देखि ५ विरामी हेर्छन । तर नेपालका स्वास्थ्य सस्थामा एक नर्सले नजरल वेडमा ४० जना सम्म बिरामी हेर्ने गरेका छन् ।

राईका अनुसार आईसियुमा एक विरामी १ नर्स ईमजेन्सीमा १ विरामी २ नर्स हुनु पर्छ । अप्रेशन थ्रिएटरमा १ बिरामी ३ नर्स आवश्यक पर्छ । तिन सिफ्ट गर्दा १ सय वेडको अस्पतालमा ७० जना नर्स चाहिन्छ । यसलाई आधार मान्दा हाल देशमा भएका स्वास्थ्य सस्थामा ६८ हजार ४ सय ९० जना नर्स खपत हुन्छ । 

नेपाल नर्सिङ्ग परिषद्का अनुसार नेपालमा हाल ७४ हजार ८ सय ४० जना नर्सिङ्ग जनशक्ति रहेको देखिन्छ । अ.न.मी. २८ हजार ५ सय ९१ र प्रविणता प्रमाणपत्र÷वि.एस्सी नर्सिङ्ग अध्ययन गरेको नर्सहरु ४६ हजार २ सय ४९ छन । त्यस मध्ये नेपाल सरकार, र निजी स्वास्थ्य सस्थामा गरी २५ हजार नर्सिङ्ग जनशक्ति नर्स÷अ.न.मी. मात्र स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ । नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ्ग जनशक्ति उत्पादन गरिन्छ, जसमा अ.न.मी. २ हजार,  प्रमाण पत्र तह ४ हजार ७ सय ६० र  वि.एस्सी. ९ सय ८० हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३१ सम्ममा नेपालमा १ लाख ६७ हजार ७ सय २८ नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्तिको उत्पादन हुने अनुमान गरिएको छ । 

यस्तो छ २०३० सम्म आवश्क पर्ने नर्सको संख्या 

साल     सामान्य अवस्था         चाहेको अवस्था 
२०११      ३२,८४८               ३२,९४८ 
२०१२     ३८,९३३               ३९,००० 
२०१३     ४५,४४१              ४५,४९६ 
२०१४     ५०,७१०              ५०,८०२ 
२०१५     ५३,३८९             ५५,०९३ 
२०१६      ५६,१००            ५९,४५७ 
२०१७     ५८,८६२            ६३,९२२ 
२०१८     ६१,६९५            ६८,४९० 
२०१९      ६४,५५९           ७३,१२५ 
२०२०     ६७,४७२            ७७,८६२ 
२०२१     ७०,४६०             ८२,७०२ 
२०२२      ७३,५००            ८७,६४७ 
२०२३      ७६,७१७            ९२,८३६ 
२०२४      ८०,७५०            १००,१४० 
२०२५      ८३,५०५            १०६,०५८ 
२०२६      ८६,२७६            ११२,०५४ 
२०२७      ८९,०८८             ११८,१५८ 
२०२८      ९२,१६३             १२४,६७१ 
२०२९      ९४,६९५             १३०,४९९ 
२०३०      ९७,५१७             १३६,७९४ 

Last modified on 2018-01-30 13:54:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts