नर्सिङ संघसँग भएको ११ बुँदे माग चाँडै पूरा हुन्छ : स्वास्थ्यमन्त्री बोहरा



Download our app to get more features

काठमाडौं, १५ माघ  । स्वास्थ्यमन्त्री दीपक बोहराले सरकार र नर्सिङ संघबीच भएको ११ बुँदा मागहरु चाँडै पूरा हुने बताएका छन् । 

नेपाल नर्सिङ संघको आयोजनामा आज आयोजित र्यालीमा स्वास्थ्यमन्त्री बोहराले नर्सिङ संघ भएको सम्झौता चाँडै कार्यावन्यन हुने बताए ।

मन्त्री बोहराले भने अस्पतालमा बिरामीलाई हेरचाह गर्ने पहिलो व्यक्तिका रुपमा नर्सहरु रहेको भन्दै उनीहरु स्वास्थ्य क्षेत्रका जिम्मेवारी व्यक्तिमा पर्ने बताए । 
उनले भने सरकारको आयु कम छ तर नर्सिङ संघसँग भएको सम्झौता पूरा गर्ने तर्फ सरकार कटिबद्ध रहेको छ ।

मेरो कार्यकालमा तपाइँहरुको समस्या सुन्न सँधै तयार छु । नर्सिङ क्षेत्रको जायज माग पूरा गर्न सरकार सँधै सकारात्मक रहेको बताउँदै उनले भावी सरकारले पनि यस क्षेत्रको सुधारको लागि कदम चाल्नुपर्ने बताए । 
नेपाल नर्सिङ संघको आयोजनामा आज माइतीघर मण्डलामा स्वास्थ्य क्षेत्रका अस्पताल र कलेजहरुको सहभागीतामा प्रभातफेरि कार्यक्रम भएको छ । 
 

Last modified on 2018-01-29 15:10:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts