बिरामीलाई निःशुल्क खाना खुवाउने अञ्चल अस्पताल

फोटो फिचर



Download our app to get more features

जनकपुर, १५ माघ । जनकपुर अञ्चल अस्पतालले अस्पतालमा उपचाररत हरेक बिरामीलाई केही महिनदेखि निःशुल्क खाना खुवाउँदै आएको छ । अस्पतालको यो कामले विपन्न र टाढा घर हुने बिरामीले निकै राहत महशुस गरेका छन् ।

कात्तिक महिनादेखि टेन्डर अव्हान नै गरेर अस्पतालले बिरामीलाई निःशुल्क खाना वितरण सुरु गरेको हो । वाडमा रहेका बिरामीको संख्या गन्दै खाना बाँड्ने गरेको अस्पताल प्रशासनका नायब सुब्बा विकास गौतमले बताए ।

बिरामीलाई खुवाउने खानाको पैसा नेपाल सरकारले अस्पाताल विकास समिति मार्फत प्रदान गर्दै आएको छ । यदि बिरामीले सो खाना नखाए बिरामीको कुरुवाले खाना खान सक्छन । अस्पतालले बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेपछि बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ ।

Last modified on 2018-01-31 16:33:47

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts