देउराली जनता फर्मास्यिूटिकल्सले मनायो २७औं वार्षिकोत्सव 

What's This?


Download our app to get more features

काठमाडौं, १६ माघ । देउराली–जनता फर्मास्यूटिकल्स प्रा.लि.ले मंगलबार २७औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् ।

बार्षिकोत्सवको पूर्वसन्ध्यामा देउराली जनाता फर्मास्यिूटिकल्सले १३ माघमा ‘देउराली रन’ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीको सहभागितामा काठमाडौंको हात्तीसार, कमलपोखरीबाट शुरू भएको प्रतियोगिता कम्पनीको कारखाना कार्यालय, टोखा नगरपालिका–४ धापासीमा पुगि समापन भएको थियो । उक्त दौड प्रतियोगितामा कम्पनीका १ सय २५ कर्मचारीको सहभागिता थियो । प्रतियोगितामा पुरुषतर्फ सुरज खड्का र बिवेकचन्द्र राई क्रमशः प्रथम र द्वितिय भएका थिए भने महिलातर्फ दीपा श्रेष्ठ प्रथम र रुपा श्रेष्ठ द्वितिय भएका थिए ।

बार्षिकोत्सवका अवसरमा कम्पनीले नेपाली जनतालाई आवश्यक पर्ने गुणस्तरीय ओषधिहरू स्वदेशमै उत्पादन गर्दै बिदेशी कम्पनीहरूसँग प्रतिश्पर्धा गर्ने क्षमतासहितको व्यवसायिक विकास गर्न कुशल व्यवस्थापकिय नीति अवलम्बन गरेको दाबी छ । साथै आगामी दिनमा पनि कम्पनीबाट उत्पादित औषधिको उच्चगुणस्तर कायम र्ग गुणस्तरीय औषधि उत्पादनका लागि असल अभ्यास गर्ने,  असल औद्योगिक व्यवसायिक संस्कृतिको विकास गर्ने जनाइएको छ ।  

 

Last modified on 2018-01-30 14:42:45

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts