कटारीका डेढ दर्जन क्लिनिक गैरकानुनी 

What's This?


Download our app to get more features

गाईघाट, १६ माघ । कटारी नगरपालिका, कटारी बजारमा सञ्चालनमा रहेका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये डेढ दर्जन गैरकानुनी रहेको पाइएको छ । 

शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट खटिएको टोलीले अनुगमनका क्रममा यस्तो फेला परेको हो । अनुगमनमा टोली कटारीमा आउँदा अवैध रुपमा सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीय शम्भुप्रसाद दाहालले बताए । अविनाश प्याकुरेल नेतृत्वको टोली दुई दिनसम्म बस्दा पनि अवैध औषधि पसल सञ्चालकले बन्द गरेका थिए । 

अनुगमन टोली विराटनगर प्रस्थान गर्ने्बित्तिकै अहिले फेरि त्यस्ता अवैध औषधि पसल र क्लिनिक पुनःसञ्चालन हुन थालेको कटारी त्रिवेणीका हेमराज कार्कीले बताए । सगरमाथा अस्पताल, देव मेडिकल, रोहित रोशन मेडिकल, साझा पोलिक्लिनिकसहित दर्जनांैँ औषधि पसल र क्लिनिक गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको स्थानीयको आरोप छ । 

यस्ता अवैध मेडिकलसँग आधिकारिक कागजात नभएको र धेरैले करसमेत नतिरेको वा करको दायरामा नआएको क्षेत्रीय औषधि कार्यालय विराटनगरका कर्मचारीले बताएका छन् । इजाजतपत्र नभएका अवैध क्लिनिक तथा औषधि पसलले औषधिको मूल्य दोब्बर लिने र बिरामी जाँच गर्दा महँगो शुल्क लिने गरेको ती कर्मचारीको आरोप छ । 

कतिपय क्लिनिकले बिरामीलाई गलत औषधि सिफारिस गर्ने र लामो समयसम्म आफ्नै क्लिनिकमा झुलाएर राख्ने गरेको कटारी हरैयाका देवबहादुर कटुवालको भनाइ छ । यस्ता अवैध क्लिनिकको भरपर्दा अन्त्यमा बिरामी उपचारका लागि बाहिर जान बाध्य हुनुपर्ने र कतिपयको ज्यान नै जाने गरेको कटारीवासी बताउँछन् । रासस

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts