यी हुन् गैरकानुनीरुपमा चिकित्सकीय अभ्यास गर्ने १७ व्यक्ति (नामसहित)

What's This?


Download our app to get more features

काठमाडौं, १७ माघ । अवैधरुपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेका १७ जनालाई थुनामा राखी थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । 

पक्राउपछि म्याद थपका लागि बुधवार काठमाडौं जिल्ला अदालतमा पुर्याइएका उनीहरुलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलाशले उनीहरुलाई थुनामा राख्न आदेश दिएका छ । उपत्यकामा सञ्चालिक विभिन्न स्वास्थ्य क्लिनिक र अस्पतालमा नेपाल मेडिकल काउन्सिलको अनुमति नलिइ चिकित्सकीय अभ्यास गरिरहेको भन्दै प्रहरीले सोमवार साँझ विदेशीसहित केही नेपालीलाई पक्राउ गरेको थियो । 

अनुमति बेगर चिकित्सकीय अभ्यास गरिरहेका उनीहरुविरुद्ध उजुरी र गुनासो बढेपछि नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चले केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीलाई कारवाहीका लागि पत्राचार गरेको थियो । 

पक्राउ परेका उनीहरु उपत्यकाका विभिन्न स्थानमा सञ्चालित पाँच स्वास्थ्य संस्था बौद्धको चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, एपोेलो इन्टरनेशनल, चाइनिज डेन्टल हस्पिटल लगायतका स्वास्थ्य संस्थामा कार्यरत थिए । 

सीआइबीको प्रहरी टोलीले पक्राउ गर्नेहरु एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना,  सिविककी प्रतिभा पाण्डे, लुङ युङचाओ, चाइना पिपुल्स हस्पिटलका जौ जी, चाइना डेन्टलका लि योङमेई लुङ गोयुङ, अस्ट्रेलियन सराह एन्ने केम्प, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लिउ जिक्वीन, लुओ लिमिङ, वाङ जिङ्लो र जियाङ हङ्गेवेई रहेका छन्।

नेपाल मेडिकल काउन्सिलको अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थामा चिकित्सकीय अभ्यास गर्न नपाइने प्रावधान छ । 


 

Last modified on 2018-02-01 07:52:48

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts