ब्राजिलमा जण्डिसका कारण ८१ को मृत्यु, २१३ जना प्रभावित



Download our app to get more features

रियो डि जेनेरियो, १७ माघ (रासस/सिन्ह्वा) : ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्त अर्थात जण्डिसका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको मंगलबार जनाएको छ ।

ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ । 

यो रोगका शंकामा कुल एक हजार ८० मध्ये ४३२ जनालाई डिस्चार्ज गरिएको र ४३५ जनालाई निगरानीमा राखिएको छ । 
स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा कमलपित्तबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ । 

ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई कमलपित्त मुक्त क्षेत्र घोषणा गरेको थियो ।
 

Last modified on 2018-02-01 09:54:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts