आयोडिन महिना मनाइने, ९५ प्रतिशत बालबालिकाको पहुँचमा



Download our app to get more features

काठमाडौँ, १८ माघ (रासस) : आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्म अर्थात फ्रेबअरी  महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । 

सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको थियो । 

अर्काेतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नूनको उपभोग गरेको देखिएको थियो । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नूनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य देश पनि हो । 

कर्पाेरेशनले हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा र मुगुको नूनको मौज्दात रहेको र ती जिल्लामा नूनको अभाव नभएको जनाएको छ । यसैबीच कर्पाेरेशनले आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न आह्वानसमेत गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts