आँखाको नानी प्रत्यारोपणले छरेको उज्यालो 

What's This?


Download our app to get more features

काठमाडौं, १८ माघ । स्याङ्जा सेतीदोभानका सविन बोगटीले ११ बर्षको उमेरसम्म दुबै आँखा देखेनन् । आँखा नदेखेकै कारण हरेक काममा उनी अरुकै साहरा लिन बाध्य भए । विद्यालय जान आउन होस् या गृहकार्य गर्न, उनी साथीकै भर पर्थे । बच्चामै आँखामा समस्या भएको र परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी उपचारबाट बञ्चित रहदै आएका थिए । 

११ बर्षको हुँदा उनको मामाले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याएका थिए । शिक्षण अस्पतालमा उपचार राम्रोसँग नभएपछि उनी तिलगंगा आँखा अस्पतालमा गएका थिए । तिलगंगामा उनको दायाँ आँखाको नानी प्रत्यारोपण भएको थियो । नानी प्रत्यारोपणपछि उनले आफूलाई माया गर्ने आमालाई देख्न पाउँदा उनको आँखाबाट आँशु आएको थियो । 

आँखाको नानी प्रत्यारोपणपछि उनले आफूसँग रहेकी आमालाई देखेका अझैसम्म ताजा छ । यो जीवनमा आँखाले रंगीन संसार देखिएला भनेर कहिल्यै नसोचेको उनी बताउँछन् । उनले भने ‘मैले आँखा देख्छु भनेर कहिल्यै सोचेको थिएन् । तिलगंगा अस्पतालले मेरो आँखा प्रत्यारोपणमा गरेकोमा आभारी छु ।’ सविनले १६ वर्षको उमेरमा बायाँ आँखाको पनि नानी प्रत्यारोपण गरेका छन् । अब दुबै आँखाले देख्न थालेपछि उनीमा व्यक्त गर्ने खुसी नै नभएको बताउँछन । ‘म निकै खुशी छुँ ’ उनले भने ‘मैले पनि सामान्य मान्छेसरह देख्न सक्ने भएको छु ।’  

११ बर्षको उमेरमा दाँया आँखाको नानी प्रत्यारोपण गरेदेखि नै उनी अरु सरह पढाइलेखाई गर्ने सक्ने भएका थिए । ढिलो उमेरमा पढाई शुरु गर्दा अप्ठ्यारो लागे पनिपछि बानी भएको उनी बताउँछन् । 
स्कूल जीवनमा उनी अब्बल विद्यार्थी थिए । हाल उनी भक्तपुरको सैनिक विद्यालयमा व्यवस्थापन संकायतर्फको स्नातक दोस्रो बर्षमा अध्ययनरत छन् । 

आँखाको नानी प्रत्यारोपणपछि नयाँ जीवन पाएकोमा सविन निकै खुशी छन् । योसँगै उनी आफ्नो जीवन अरुको सेवामा समर्पण गर्ने सोच छ । उनी भन्छन् ‘मैले आँखा नदेख्दा जुन पीडा भोगेको छु त्यो पीडा अरुले पनि भोग्न नपरोस् ।’ त्यसैले आँखाको नानी प्रत्यारोपणमा सहयोग गर्न सँधै तत्पर हुनेछु । 

लोकसेवा तयारी गरिरहेको छु :लामिछाने
उनी जस्तै स्याङ्जाका विदुर लामिछानेले पनि आँखाको नानी प्रत्यारोपण गरेका थिए । उनले आँखा कमजोर भएका कारण लामो समयसम्म लेन्सको प्रयोग गर्नुपर्यो । पाँच बर्षसम्म साधारण लेन्स लगाएका उनले पछि ६ बर्षसम्म लेन्समा पानी हालेर प्रयोग गरिने अति विशिष्ट लेन्सको प्रयोग गरे । 

लेन्स झिक्दा उनी दृश्य देख्न सक्दैनथे । चिकित्सकको सल्लाहपछि उनले ०७२ सालमा आँखाको नानी प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई तिलगंगा आँखा अस्पताल रिफर गरेको थियो । ०७३ सालमा आँखाको सल्यक्रिया गरी देब्रे आँखामा नानी प्रत्यारोपण गरेका थिए । 

एसएलसीसम्म उनको आँखाको भिजन सामान्य नै थियो । पढाइको लागि काठमाडौं आउँदा आँखा धमिलो देख्न थालेको थियो । 

आगामी असारमा उनी दायाँ आँखाको नानी प्रत्यारोपण गर्दैछन् । देब्रे आँखाको नानी प्रत्यारोपणपछि उनी अहिले सजिलै पत्रिका पढ्न सक्छन् । उनी अहिले लोकसेवा परीक्षाको तयारी गर्दैछन् साथै एलएलबी पनि पढ्दैछन् । 

नेपालमा अहिलेसम्म करिब १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरी पूर्ण दृष्टि प्राप्त गरेका छन् । नेपाल आँखा बैंकमा अहिले ७० हजारभन्दा बढीले मृत्युपछिको आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । 

Last modified on 2018-02-02 14:19:30

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. maila pane sano.aumar bta left yakha dekdina ra auta yakha ko bhar ma hedna grake chu ghar ko arthik absta ne ki komjor cha as ko lagi ma k grim hira karki syngja

  2. आखा स्वास्थ्यon Thu, Feb 22 2018 03:47 PM

    आँखा दान सम्बन्धि भ्रम र अन्धबिस्वास लाइ हटाई अन्धोपन निवारण मा सहयोग गरौ, आँखा स्वास्थ्य सम्बन्धि जानकारी नेपालको एकमात्र आखा स्वास्थ्य ब्लग www.eyehealthnepal.com


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts