डक्टर कपल

कान्ति अस्पतालले जुराएको श्रेष्ठ दम्पती



Download our app to get more features

सुखद् दाम्पत्य जीवनको परिभाषा व्यक्ति नै पिच्छे फरक हुनसक्छ । तर इमान्दारिता,आपसीविश्वास र सहयोगविना सुखद् दाम्पत्य जीवनको कल्पना पनि गर्न सकिदैन । यो कुरामा डा. अमित श्रेष्ठ र डा. रेखा मानन्धर श्रेष्ठ पनि प्रष्ट छन् । सोही बुझाइका कारण विवाहको ६ वर्षमै उनीहरूको दाम्पत्य जीवन सुखद् मात्रै भएको छैन अनुकरणीय पनि बनेको छ । 

सोहीकारण डाम्रो डाक्टरको नियमित स्तम्भ‘डाक्टर कपल’का लागि कुराकानी गर्न श्रेष्ठ दम्पतीलाई भेट्न हामी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा पुगेका थियौ । डा.अमित अहिले यस अस्पतालको हेमाटोलोजी विभागको प्रमुखको रुपमा कार्यरत छन् भने  डा.रेखा राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत छिन् ।

डा.रेखाले सन् २००१ मा बंलादेशबाट एमबीबीएस् उतीर्ण भईन् र न्याम्सले प्रदान गर्ने छात्रवृतिबाट सन् २००८मा एम डी प्याथोलोजी सकिन । डा.अमितले सन् २००३ माएमबीबीएस् उतीर्ण भई शिक्षामन्त्रालयले दिने छात्रवृतिबाट सन् २००५मा चाइनाको सांघाइ फुदान् युनिर्भसिटिबाट  एम डी हेमाटोलोजी सकेका हुन् । डा.अमितले सन् २०११मा भारतको नयाँदिल्ली राजिवगान्धी क्यान्सर इन्स्टीच्युट एण्ड रिसर्ज सेन्टरका सिनियर रेसिडेन्सीको कुरा समेत काम गरेका छन् । 

त्यस्तै डा. रेखाले अल इन्डिया इन्स्चीटुड अफ मेडिकल साइन्स् नयाँदिल्लीमा सन् २०१३ छात्रा वृतिमा हेम्याटो प्याथोलोजी गरेकी हुन् ।   ग्रामीण भूभागमा जन्मिएपनि धेरै अभाव, दुःख महशुस नगरेको उनले बताए । अमित विद्यालय तहदेखिनै मेधावी विद्यार्थीको रुपमा परिचित थिए । 

यसकारण बने डाक्टर
डा.अमितकी दिदीलाई क्यान्सर भएको थियो । त्यतीखेर क्यान्सरको उपचार नेपालमा सहज थिएन । दिदीको उपचार गर्न भारत लानुपर्ने बाध्यता थियो । एक त महंगो उपचार पद्धति अर्को देश बाहिर जानुपर्दा अमितले बाबुको पीडा देखेका थिए । उनले भने ‘सानै भएपनि त्यतीखेर मनमा आफै डाक्टर भएको भए दिदीको उपचार नेपालमै गर्थे जस्तो लाग्थ्यो ।’ उनले उक्त कुरालाई मनमा लुकाएर राखेको तर व्यवहार भने त्यतैतिर तानेको बताए । ‘लगनशील र निरन्तरताले त्यो सम्भव पनि भयो । मेहेनत गर्दै गएकाले सानैदेखिको सपना साकार भयो ।’ डा. अमित रोकिए । छेउमै रहेकीडा. रेखाले आफ्नो बाल्यकाल सुनाउन थालिन । उनले भने‘ म काठमाडौंकै नेवार समुदायमा जन्मे हुर्केकी हुँ । २०३३ सालमा काठमाडौंको ठमेलमा मेरो जन्म भएको हो । पढाइ लेखाईमा सनैदेखि अब्बल थिए ।’ उनले पनि सानैदेखि डाक्टर बन्ने सपना देखेको बताइन । उनले थपिन् ‘बिरामीको सेवागर्ने रहर थियो,मेरो परिवारको चाहनापनित्यहीथियो ।त्यो साकार बनाए ।’ 

पहिलो भेट
डा.रेखा र डा. अमितको पहिलो भेट सन् २००८मा कान्तिबाल अस्पतालमा भएको थियो । डा.अमित त्यसबेला कान्ति अस्पतालमा रगत रोग विशेषज्ञको रुपमा कार्यरत थिए भने डा. रेखा हेमोटो प्याथोलोजिष्टको रुपमा कार्यरत थिइन । डा.अमितले थापे ‘हामी कान्तिमा कामगर्दा देखिनै मिल्ने साथी थियौं । डा.रेखा र मेरो कामप्रायः सँगसँगै हुन्थ्यो ।’ डा.अमित रेखाको सक्रिय, लगनशीलताले आर्कषित गरेको बताउँछन । डा. रेखाले पनि डा.अमितको इमान्दारिता र लगनशिलतालाई मन पराउन थालेकी थिइन । 

विवाह
एकअर्को बीचमिल्ने साथी भएपनि उनीहरू बीच विवाह नै होलाभन्ने दुबैले नसोचेको बताए । अस्पतालकै अग्रज साथीबाट तिमीहरूको विवाह गर्दा राम्रो हुन्छ भन्ने सुझाब दिनथालेपछि एक अर्कोप्रति चासो बढेको उनीहरू बताउँछन् ।‘यहीक्रममा डा. अमितसँग मेरो परिवारको भेटघाट भयो र डा.अमितको परिवारले मसँग भेटघाट गर्नुभयो ।’ डा. रेखाले भनिन् । दुबै परिवारबीच सल्लाह र  राजीखुसीमै सन् २०११मा हाम्रो विवाह भयो ।

एउटै पेशा भएकाले घर व्यवहर चलाउन सहज
उनीहरू दुबै एउटै पेशामा आवद्ध भएकाले घर परिवार चलाउनझनै सहज भएको बताउँछन । एकले अर्काको दुःख सहजै बुझ्ने भएकाले घर परिवार ‘म्यानेज’गर्न गाह्रो नभएको उनीहरूको बुझाई छ । ‘हामी कसले काम गर्ला भनेर कुरेर बस्दैनौं । जसलाई फुर्सद हुन्छ त्यसैले गर्छौ ।’ डा. अमितले भने ‘एकअर्कोको काममा समेत पूर्ण सहयोग गर्छांै ।’

सुख र दुःख क्षण
डा. दम्पतीकै जीवनको सबै भन्दा सुखको क्षण विवाह गर्दा र दुःखको  क्षण अमितको बुबा बित्दा र डा.रेखाको बुबाआमा बित्दा रहेको उनीहरू सम्झिए । डा.अमितले भने ‘हाम्रो समाजमा अझै पनि पुरुषले भाँडा माझ्नु, खाना बनाउने घरायाशी काम गर्नुहुँदैन भन्ने गतलधारणा छ । जसले महिलामा कामको बोझ बढी पर्छ । पेशा व्यवसायमा लागेका महिलालाई त झनै गाह्रो छ । तर हाम्रोमा त्यस्तो छैन ।’ 

डा.अमितका मन पर्ने बानी
प्रायः सबै काम मलाई मन पर्छ । इमान्दार,सहयोगी, आत्मविश्वासी,मायालु,दुःख सुखमा साथदिने श्रीमान् ।

मन नपर्ने बानी
कही जाँदा वा केही गर्दा ढिला हुँदा झनक्क रिसाउने । हरेक काममा परिपक्वता चाहिने । 

डा.रेखाका मन पर्ने बानी
हरेक कुरामा‘ट्यालेन्ट’ । सहनशील, इमान्दार घरपरिवारलाई सन्तुष्ट राख्न सक्ने,हरेक कुरामा साथदिने असल श्रीमती ।

मननपर्ने बानी :
कुनै पनि कुराको तत्कालप्रतिक्रियानदिने ।

Last modified on 2018-02-04 10:20:04

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts