विश्व क्यान्सर दिवस

फोक्सोको क्यान्सर उपचारमा प्रभावकारी उपचारको आशा



Download our app to get more features

नेपालमा फोक्सोको क्यान्सरको संख्या अन्य क्यान्सर रोगी भन्दा उल्लेखनीय रुपले बढी छ । धुम्रपान गर्नेको संख्या र वायू प्रदुषण तथा मानिसको उमेर बढेसँगै फोक्सोको क्यान्सरका रोगी पनि वृद्धि हुँदै गएको वि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.प्रकाशराज न्यौपानेले बताए । 

डा. न्यौपानेका अनुसार फोक्सोमा लाग्ने क्यान्सरको प्रमुख कारण धुम्रपान नै हो । उनी भन्छन्, ‘विश्वव्यापी रुपमा फोक्सोको क्यान्सरका कारण सबैभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । क्यान्सरबाट मृत्यु हुने बिरामीहरु मध्ये फोक्सोको क्यान्सर १ नम्बर मै छ ।’ उनका अनुसार फोक्सोमा लाग्ने क्यान्सरले सबैभन्दा बढी ६० वर्ष भन्दा बढि उमेर पुगेका मानिसलाई प्रभाव पारेपनि हाल आएर युवा पुस्तामा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ । क्यान्सर लागेपछि सुरुमा केहि लक्षणहरु नदेखिने र विस्तारै देहायका लक्षणहरु देखिन सक्छन्ः

लक्षणः
—श्वास फेर्न गाह्रो हुने ।
—खकारमा रगत आउने ।
—तौल कम हुँदै जाने ।
—निमोनियाहुने ।
—सुक्खा खोकी लाग्ने । 

अन्य क्यान्सर जस्तै फोक्सोमा लाग्ने क्यान्सरको पनि विभिन्न जाँचबाट पत्ता लगाउन सकिन्छ । जस मध्ये मुख्य मुख्य जाँचहरु निम्न प्रकार छन्ः

क) छातीको एक्स रे 
ख) खकार जाँच
ग) सिटी स्क्यान र एमआरआई 
घ) ब्रोनोस्कोपि 
ङ) मेडियास्टिनमस्कोपि 
च) पेट स्क्यान 
छ) थोरास्कोपि

फोक्सोको क्यान्सर दुई प्रकारका हुन्छन्
स्मल सेल लंग क्यान्सर
नन स्मल सेल लंग क्यान्सर

यी दुईमध्ये स्मल सेल लंग क्यान्सरको किमोथेरापीबाट उपचार गरिन्छ । यो रोगको हिस्सा छातीका क्यान्सर रोगी मध्ये करिब २० प्रतिशतमा मात्रै छ । नन स्मल सेल लंग क्यान्सर ८० प्रतिशतमा लाग्ने गरेको र यसका लागि क्यान्सर उपचारका सबै जाँच र प्रविधिको आवश्यता पर्छ ।

डा.न्यौपानेले नयाँ नयाँ रोगको पहिचान सँगै उपचार प्रविधि पनि विकास भएको बताए । केही वर्ष यता फोक्सोमा लाग्ने क्यान्सर उपचार प्रविधिमा पनि फड्को मारेको छ । उनका अनुसार केहीवर्ष अघिसम्म फोक्सोको क्यान्सरका कारण बिरामीको ज्यान जोगाउन सकिँदैन थियो । तर प्रविधिको विकास सँगै अब फोक्सोको क्यान्सरका बिरामीको पनि उपचार सम्भव भएको छ । उनले भने, ‘नयाँ प्रविधिको विकास भएसँगै धेरै जसो अवस्थामा पनि बिरामीको क्यान्सर निको हुने भएको छ ।’

डा.न्यौपानेका अनुसार डाइग्नोसिसमा पहिला धेरै समय लाग्ने गथ्र्यौ । तर अहिले मोलिकुलर डाइग्लोसिस, लिक्युविड वाइओप्सी आदिले गर्दा छिट्टै रोगको पहिचान सम्भव भएको छ । भिडियो थोराकोस्कोपीको सहयोगले बिरामीको डाइग्नोसिस तथा उपचार पनि सहज भएको छ । साथै इनटेन्सिटी मोडुलेटेड रेडियो थेरापी र स्टेरियो टेक्टिक बडी रेडियो थेरापी लगायत नयाँ प्रविधिहरुको प्रयोगले उपचार पश्चात धेरै जसो बिरामीको थोरै समयमा कम साइड इफेक्टले रोग निर्मुल गर्न  सहज भएको उनले बताए । 


 

Last modified on 2018-02-05 13:07:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts