विश्व क्यान्सर दिवस

सम्झाई दिनु दाजु र बैनीलाई (कविता)

What's This?


Download our app to get more features

श्यामबहादुर भावुक

सम्झाई दिनु दाजु र बैनीलाई... 
नखाउ भन्नु चुरोट र खैनीलाई ।।
तम्बाखु र चुरोटखैनी खानु हुन्न हेर ।
दम खोकी टि.बी. क्यान्सर रोग लाग्छ धेर ।। 
आजैदेखि छोड्छु भन्ने मनमा विचार लिनु ।
धुम्रपान गर्नेहरू सबलाई सम्झाई दिनु ।।
सम्झाई दिनु मुखको रसैले...
चुरोट खैनी नखानु कसैले ।। 

थाहै नपाई धुम्रपानमा हुन्छ धेरै खर्च ।
हिसाब गर्दा कसैको त झण्डै छाक टर्छ ।। 
चुरोट सूर्ति खैनी सट्टा बरू फलफूल खानु ।
फाइदा हुन्न शरीरलाई कुरा बुझ सानु ।।
धुम्रपान नगर्नु होला है...
क्यान्सर रोगले बेलैमा छोला है ।। 

घाँटी, फोक्सो, स्तन र क्यान्सर पाठेघरको
अकालमै जीवन बित्ला नमान है झर्को 
क्यान्सर रोग लागेपछि बचाउँनै गाह्रो 
बजेट हुन्न उपचारमा पर्छ धेरै साह्रो ।
धुम्रपान नगर दाजुभाई...
क्यान्सर होला मानिसको चोलालाई ।। 

गाउँघरमा सबलाई भन्छु चुरोट खानु हुन्न 
तम्बाखु र खैनी सूर्ति म त छुँदै छुन्न ।।
चौध सेकेण्ड आयु घट्छ एउटा चुरोट खाँदा । 
डाक्टर भन्छन् रोग लागेर अस्पतालमा जाँदा ।। 
एकैछिन् सुन्दिनु कुरो त...
खान छोड्नुस् खैनी र चुरोट ।। 

चुरोट सूर्ति सेवन गरी तम्बाखुकै कारण ।
दम, खोकी, क्यान्सरले छिट्टै जान्छ पराण ।।
धुम्रपानले तत्काल असर पारेको नि हुन्न ।
क्यान्सर लागि ढिला भए औषधिले छुन्न ।।
बेला छँदै धुम्रपान छोड है...
पछि फेरि पर्ला नि रूनलाई ।।


 

Last modified on 2018-02-04 15:53:34

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts