ब्लू क्रस हस्पिटलद्वारा इन्जिनियरिङ क्याम्पसमा निःशुल्क स्वास्थ्य परीक्षण

What's This?


Download our app to get more features

काठमाडौ, २१ माघ । ब्लू क्रस हस्पिटलले ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा क्यान्सर दिवसको अवसर पारेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

इन्जिनियरिङ क्याम्पसमा जारी प्रर्दशनी अवलोकन गर्न आउने विधार्थीलाई लक्षित गरी हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण पनि गरेको छ । सो कार्यक्रममा विद्यार्थीलाई क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले स्तन क्यान्सर सम्बन्धी जनचेतनामुलक सन्देश दिएकी थिइन । उनले जो कोहीलाई पनि स्तन क्यान्सर हुन सक्ने भएकाले रोग बारे सचेत रहन सबैलाई आग्रह गरिन । 


डा. शाहले क्यान्सर लाग्नुका कारण, यसबाट बच्ने उपायका बारेमा जानकारी दिएकी थिइन । जनचेतना अभावकै कारण कयौं महिलाले क्यान्सरका कारण स्तन गुमाएको सो अवसरमा उदाहरण दिइन । विशेषगरि महिलामा स्तन क्यान्सर बढी लाग्ने भएकाले ३० वर्षपछि नियमित स्वास्थ्य परीक्षण गर्न उनले सुझाब दिइन । यस्तै ४० वर्षपछि मेमो जाँच अनिवार्य गर्न शाहको आग्रह छ । हर्माेन नियन्त्रण गर्ने औषधिबाट क्यान्सरको जोखिम बढ्ने भएकाले सकेसम्म यस्ता औषधि प्रयोग नगर्न उनको सुझाव छ ।


 

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts